काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनमा उत्रिएका युवाहरूप्रति संयमित हुन आग्रह गरेका छन्। भदौ २३ गते साँझ काठमाडौंको बौद्धमा आयोजित दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभामा सहभागी हुँदै उनले भावनात्मक आग्रह गरेका हुन्।
घिसिङले भने, “जति भत्काउने थियो, त्यति भत्काइसक्यौँ। अबचाहिँ संयमित भएर अगाडि बढ्नुपर्छ। देश निर्माण हामी आफैंले गर्नुपर्छ। भत्काएर मात्रै हुने होइन, हाम्रै करबाट बनेको संरचना अब हामीले नभत्काऔँ।”
उनको भनाइले आन्दोलनमा रहेका युवाहरूलाई संयम र सकारात्मक बाटो रोज्न सन्देश दिएको छ।












प्रतिक्रिया