काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ ।
मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै, वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा आठ जनाको मृत्यु भएको छ ।
यसैगरी, बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको र तीन जनाको मृत्यु भइसकेको जानकारी प्रपात् भएको मन्त्रालयले जनाएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ ।
यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ । काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने उपचाररत दुई जनाको मृत्यु भएको छ । घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ । यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ ।
मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ । काठमाडौँ उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा तीन जनाको मृत्यु भएको छ । १५० जना घाइतेको उपचार भइरहेको छ । सिभिलबाट १५ जना गम्भीर घाइतेलाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर गरिएको छ । मन्त्रालयका अनुसार वीर अस्पतालमा ६ जना घाइतेको उपचार चलिरहेको छ ।
ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते उपचारत छन् । मन्त्रालयका अनुसार ट्रमा सेन्टरमा विपद् योजना लागू गरिएको छ । एभरेष्ट अस्पतालमा तीन जनाको मृत्यु भएको छ भने ३४ घाइते उपचारत रहेका छन् । यस्तै जसमध्ये ७ जनाको अवस्था गम्भीर छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना घाइते उपचारत छन् काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केमएसी)मा दुई जनाको मृत्यु भएको छ भने ३२ जना घाइतेको उपचार भइरहेको छ ।
केएमसीमा ६ जना गम्भीर घाइतेको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते उपचारत छन् ।
यस्तै, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना घाइते उपचारत छन् । काठमाडौँ उपत्यकाबाहिर पोखराको गण्डकी अस्पतालमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र झापाको दमकमा ७ जना घाइतेको उपचार भइरहेको छ ।
गृह मन्त्रालयले काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’ पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएका घटनाबारे विवरण सङ्कलन भइरहेको जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विवरण सङ्कलनको काम भइरहेको र हालसम्म प्रहरीबाट १९ जनाको मृत्यु र दुई सय जना हाराहारीमा घाइते भएको जानकारी आएको बताए ।
आन्दोलनले उग्ररुप लिएपछि काठमाडौँ, ललितपुर, रुपन्देही, कास्कीलगायत जिल्लाका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ । प्रदर्शनमा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार हुनुका साथै घटनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रवक्ता काफ्लेले बताए ।
प्रदर्शनकारीले काठमाडौँलगायत देशका विभिन्न भागमा रहेका सरकारी संरचना र सवारीसाधनमा आगजनीसमेत गरेका छन्भने प्रहरीले काठमाडौँबाट ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।












प्रतिक्रिया