मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

सुडानको एल फासरमा मानवीय सङ्कट, संयुक्त राष्ट्रद्वारा चिन्ता व्यक्त

सुडानको एल फासरमा मानवीय सङ्कट, संयुक्त राष्ट्रद्वारा चिन्ता व्यक्त


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायतासम्बन्धी निकायहरूले जानकारी गराए अनुसार, सुडानको उत्तर दारफुर राज्यस्थित एल फासर सहरमा बालबालिका अत्यन्त कठिन र पीडादायक अवस्थाबाट गुज्रिरहेका छन् ।

उक्त सहर ५०० दिनभन्दा बढी समयदेखि घेराबन्दीमा परिरहेको छ, जसका कारण त्यहाँको अवस्था दिन प्रतिदिन चिन्ताजनक रूपमा बिग्रँदै गएको छ ।

संयुक्त राष्ट्रसंघ बालबालिका कोष (युनिसेफ) ले जनाएको अनुसार, एल फासरमा कुपोषण, रोग र हिंसाका कारण दैनिक रूपमा बालबालिकाले ज्यान गुमाइरहेका छन् । अनुमानित दुई लाख ६० हजार मानिस सहरभित्र अलपत्र छन्, जसमा करिब आधा बालबालिका छन् । ती सबै १६ महिनाभन्दा लामो समयदेखि मानवीय सहायताबाट बञ्चित छन् ।

सन् २०२५ को सुरुदेखि हालसम्म मात्रै १० हजारभन्दा बढी बालबालिकाको गम्भीर कुपोषणको उपचार गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा लगभग दोब्बर हो । दुःखद रूपमा, एक साताको अवधिमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ, जसमा धेरैजसो महिला र बालबालिका रहेका छन् ।

घेराबन्दीका कारण खाद्यसामग्री र स्वास्थ्य सामग्री पुर्‍याउने बाटो पूर्ण रूपमा बन्द भएको युनिसेफले जनाएको छ । औषधिको अभावका कारण अस्पताल तथा घुम्ती पोषण सेवा बन्द गर्नुपरेको छ, जसले गर्दा करिब ६ हजार गम्भीर कुपोषित बालबालिकाले आवश्यक उपचार पाउन सकेका छैनन् ।

त्यसका साथै, हैजाको सङ्क्रमण पनि तीव्र रूपमा फैलिरहेको छ । यसलाई रोकथाम गर्नका लागि खानेपानी, सरसफाइ, औषधि लगायतका सहायता सामग्रीहरू प्रदान गरिएको भए पनि केही दुर्गम क्षेत्रमा अझै नयाँ सङ्क्रमण देखापरिरहेको मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ ।

एल फासरमा गएको चैतदेखि जारी द्वन्द्वका क्रममा एक हजार एक सयभन्दा बढी गम्भीर घटना पुष्टि भइसकेका छन्, जसमा एक हजारभन्दा बढी बालबालिका मारिएका वा घाइते भएको युनिसेफले जनाएको छ ।

पुष्टि गर्न कठिन भएकाले वास्तविक सङ्ख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ । सिन्ह्वा

शेयर गर्नुहोस:

54
Shares