मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
मुख्य समाचार   

क्यानाडाको एडमण्टनमा नेपालीले मनाए तीज

क्यानाडाको एडमण्टनमा नेपालीले मनाए तीज

क्यानाडेली नागरिकहरुको पनि उपश्थिती


शेयर गर्नुहोस:

594
Shares

  • change font
  • change font
  • change font

भुपेन्द्र शर्मा, एडमण्टन, क्यानाडा-  क्यानाडको एडमण्टनमा नेपाली महिलाको महान पर्व तीज भव्यताका साथ मनाइएको छ । एडमण्टन स्थित क्वीन एलेक्जन्द्रा कम्युनिटी लीग हलमा गत शनिवार सम्पन्न भएको कार्यक्रममा सो आसपास बस्ने नेपालीको उल्लेख्य उपश्थिती रहेको थियो ।

नेपाल हेरिटेज सोसाइटी अफ एडमण्टनले आयोजना गरेको हरितालिका तीज कार्यक्रममा नेपाली महिलाहरु आफ्नो पहिचान झल्कने पोशाकमा सजिएका थिए । कार्यक्रममा तीजको गीत गाएर महिलाहरुले नृत्य गरेका थिए भने अन्य नेपाली गीत संगीतको स्वादले सहभागीहरु मन्त्र मुग्ध भएका थिए ।

तीज कार्यक्रममा नेपाली मौलिक परिकारहरु बनाइएको थियो भने चेलीबेटी लगायथ सहभागीहरुलाई दरपनि खुवाइएको थियो । नेपाली मौलिक परिकारहरु खीर, अचार लगायतको स्वादले सहभागीहरु आनन्दीत भएका थिए । नेपाली मौलिक परिकारहरु सभाहलकै भान्छामा नेपाली पुरुषहरुले तयार पारेर महिलाहरुलाई खुवाइ नेपालीपनको झल्को दिने प्रयास गरिएको थियो ।

नेपाली परम्परा अनुसार तीजमा चेलीबेटीलाई घरमा बोलाई दर लगायत मिठा मिठा परिकारहरु बनाएर खुवाइन्छ । नेपाली हेरिटेज सोसाइटीको तीजको दर खाने कार्यक्रमले मौलिक नेपाली पनलाई सम्झाएर माइती आएको महशुष भएको सहभागी सुनिता पराजुलीले बताउनु भयो ।

पराजुलीले यताको दरखाने कार्यक्रमले नपालमा आफ्नै आमा र दाजुभाइले बनाएर खुवाएको सम्झना गराएको बताउनु भयो । कार्यक्रममा सुनिता पराजुली, रन्जु अधिकारी, पुष्पा शर्मा, संगीता ढुंगाना, नयन नेपाल र पदमा सुवेदीले तीजका गीतहरुमा आफ्नो प्रस्तुती दिएका थिए । त्यसैगरी प्रशिद्धी, प्रतापी, जेनिशा श्रृष्टि र आज्ञा लम्सालले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रकृति घिमिरे। सम्झना जोशी, पृथा निरौला, विद्या खरेललेपनि नृत्य प्रस्तुत गरेका थिए ।

क्यानाडेली मुलका नाथन, केथी, रबर्ट र शिखालेपनि मनाए नेपालीसंगै तीज
नेपाली हेरिटेज सोसाइटीको तीज कार्यक्रममा अतिथिका रुपमा निम्त्याइएका क्यानेडेली मुलका नाथन, केथी तथा रवर्ट र शिखालेपनि नेपाली मौलिक चाड र यसको परम्पराको खुलेर प्रशुंसा गरे ।

नेपाली परिकारको स्वादले दंग उनीहरु नेपाली गीत संगीत र पहिरनलेपनि आकर्षित बनेका थिए । नेपालीहरुका एकता तथा आफ्नो मौलिकता र संस्कारले उनीहरुलाई संसारमै अलग बनाएको भन्दै प्रशंसा गरेका थिए ।

शेयर गर्नुहोस:

594
Shares