मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

गाजामा पत्रकारहरूको हत्या विश्वलाई स्तब्ध पार्ने घटना : संयुक्त राष्ट्रसङ्घ

गाजामा पत्रकारहरूको हत्या विश्वलाई स्तब्ध पार्ने घटना : संयुक्त राष्ट्रसङ्घ


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

जेनेभा । मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले गाजापट्टीमा पत्रकारहरूको हत्या विश्वलाई स्तब्ध पार्ने घटना भएको र यसले जवाफदेहिता तथा न्यायको माग गर्दै तुरुन्त कारबाही गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएको छ ।

ओएचसीएचआरका प्रवक्ता थमिन अल–खितानले इजरायली रक्षा बलले खान युनुसस्थित नासेर अस्पतालमा छोटो अवधिमा दुई पटक हवाई आक्रमण गरेको बताए।

सोमबार नासेर अस्पतालमा भएको हवाई आक्रमणमा पत्रकारहरूको हत्यासम्बन्धी प्रश्नको उत्तर दिंदै उनले भने, ‘हामीलाई थाहा छ कि पाँच पत्रकारमध्ये एक जना पहिलो आक्रमणमा मारिएका देखिन्छन् भने महिला पत्रकारसहित अन्य तीन जना दोस्रो आक्रमणमा मारिएका छन्। यो अत्यन्तै धक्का दिने र अस्वीकार्य घटना हो।’

उनेले भने, ‘सन् २०२३ अक्टोबर ७ देखि गाजामा कम्तीमा दुई सय ४७ प्यालेस्टिनी पत्रकारले ज्यान गुमाइसकेका छन्। यी पत्रकारहरू विश्वका आँखा र कान हुन्, उनीहरू सुरक्षित हुनुपर्छ।’

अल–खितानले अस्पतालहरूलाई लक्षित गरेजस्तै पत्रकारहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय मान्यताअनुसार निषेधित भएको प्रस्ट पारे।

साथै उनले इजरायली कब्जा अधिकारीहरूले यी घटनाहरूको अनुसन्धान गर्ने घोषणा गरे पनि ‘ती अनुसन्धानहरूले परिणाम दिनैपर्छ, न्याय हुनुपर्छ’ भन्दै अहिलेसम्म कुनै ठोस परिणाम वा जवाफदेहिताका उपाय नदेखिएको बताए।

ओएचसीएचआरका प्रवक्ताले अझैसम्म विश्वले यी हत्याबारे कुनै ठोस नतिजा वा जवाफदेहिताका कदमहरू नदेखेको र अनुसन्धानका प्रतिवेदनहरू सार्वजनिक नभएको तथ्य पनि उजागर गरे । क्युएनए

शेयर गर्नुहोस:

135
Shares