मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छ : जेलेंस्की

पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छ : जेलेंस्की


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

किएभ । युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

रुसी समकक्षी भ्लादिमिर पुटिनसँग आफूले भेट गर्न सक्ने तर यसका लागि युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका हुन् ।

बिहीबार जारी गरिएको टिप्पणीमा उनले दुवै पक्ष थप लडाइँको तयारीमा रहेको चेतावनी समेत दिएका छन् । रुसले दक्षिणी सीमा लाइनमा सैनिक तैनाथ गरिरहेको र युक्रेनले लामो दूरीको नयाँ क्रुज क्षेप्यास्त्रको परीक्षण गरिरहेको उनले बताए ।

युक्रेनले ‘दीर्घकालीन’ शान्तिका लागि चासो नदेखाएको भन्दै किएभले मस्कोको मागसँग पूर्णतया मेल नखाने सुरक्षा प्रत्याभूति खोजेको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्की र पुटिनसँग वार्ता गरेर युक्रेनमा रुसको साढे तीन वर्षको आक्रमण अन्त्य गर्ने प्रयास गरिरहेका छन् ।

शान्ति सम्झौताका लागि खासै ठोस प्रगति नभएपछि उहाँले रुसी नेतालाई एक्ल्याउने वर्षौँदेखिको पश्चिमा नीतिलाई अघि बढाउनसक्ने देखिएको छ । बेलायत र फ्रान्सको नेतृत्वमा मित्र राष्ट्रहरूको एक समूहले सुरक्षा सुनिश्चिततालाई समर्थन गर्न एक सैन्य गठबन्धन खडा गर्दैछ । एएफपी

शेयर गर्नुहोस:

189
Shares