मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

गाजामा युद्धविराम र बन्धकहरु रिहाइ गर्न हमास सहमत

गाजामा युद्धविराम र बन्धकहरु रिहाइ गर्न हमास सहमत


शेयर गर्नुहोस:

783
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्यालेस्टिनी सशस्त्र समूह हमास गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा सहमत भएको छ ।

हमासले युद्धविराम र बन्धक मुक्ति सम्झौताका लागि क्षेत्रीय मध्यस्थकर्ताहरूले ल्याएको पछिल्लो प्रस्ताव स्वीकार गरेको हो ।

कतारको पहलमा तयार पारिएको गाजा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइको नयाँ प्रस्तावमा हमासले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले बताएको छ ।

हमासले इजरायलका बाँकी रहेका करिब ५० मध्ये आधा बन्धकहरूमध्ये २० जीवित रहेको हुनसक्ने उल्लेख गरेको छ । ती बन्धकहरुलाई दुई चरणमा मुक्त गर्नेछ ।

प्रारम्भिक ६० दिनको युद्धविराम अवधिमा बन्धकहरू रिहा गरिनेछ । त्यस अवधिमा स्थायी युद्धविरामबारे वार्ता अघि बढाइने बिबिसीले जनाएको छ ।

तर, यो प्रस्तावमा इजरायलले कुनै प्रतिक्रिया दिएको छैन । प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयले गत साता इजरायलले सबै बन्धकहरू एकैपटक मुक्त नगरी कुनै सम्झौता स्वीकार नगर्ने बताएका थिए । बिबिसी

शेयर गर्नुहोस:

783
Shares