मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिका–रुस शिखर वार्ताको पूर्वसन्ध्यामा विश्व बजारमा सुधार

अमेरिका–रुस शिखर वार्ताको पूर्वसन्ध्यामा विश्व बजारमा सुधार


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

लन्डन । युक्रेन युद्ध अन्त्यको आशामा हुँदै गरेको ऐतिहासिक अमेरिका–रुस शिखर वार्ताको प्रतीक्षामा विश्व शेयर बजारमा सुधार देखिएको छ ।

संयुक्त राज्य अमेरिका .(युएस)का राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज अलास्कामा प्रत्यक्ष वार्ताका लागि भेट्ने कार्यक्रम रहेको छ ।

एशियाका प्रमुख बजार उच्च बिन्दुमा बन्द भएपछि युरोपेली बजारहरूले पनि सकारात्मक गति लिएको बजार विश्लेषकहरूले बताएका छन् । स्कोप मार्केट्सका प्रमुख विश्लेषक जोशुआ महोनीका अनुसार ट्रम्प–पुटिन बैठकले युक्रेन युद्ध अन्त्यको सम्भावनालाई बल दिएको छ, जसले लगानीकर्तामा आशावाद बढाएको हो ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले बैठकको परिणामबारे पूर्वानुमान नगर्ने आफ्नो देशको नीति दोहोर्‍याउँदै भने, “हामी पूर्वानुमान लगाउँदैनौँ ।” लाभरोभ अलास्का अवतरणपछि रुसी राज्य टेलिभिजनसँग कुरा गर्दै थिए ।

पुटिन सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमणको आदेश दिएयता पहिलो पटक पश्चिमी भूमिमा पाइला टेक्दै छन् । सो युद्धमा हालसम्म हजारौंको ज्यान गइसकेको छ ।

यस बैठकमा पुटिनको प्रत्येक अभिव्यक्ति र हाउभाउमा युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विशेष ध्यान दिने अपेक्षा गरिएको छ । जेलेन्स्कीलाई बैठकमा आमन्त्रण गरिएको छैन र उहाँले रुसद्वारा कब्जा गरिएका भूभाग सुम्पनुपर्ने अमेरिकी दबाब अस्वीकार गरिसकेका छन् ।

“कुल मिलाएर बजारको धारणा सकारात्मक देखिन्छ,“ एजेबेलका लगानी निर्देशक रस मोल्डले बताउनुभयो । तेलको मूल्यमा केही अस्थिरता देखिएको छ, किनकि व्यापारीहरूले रुसबाट पश्चिमी मुलुकहरूतर्फ निर्यात पुनः सुरु हुने सम्भावनाको आंकलन गरिरहेका छन् । बिहीबार मूल्यमा वृद्धि देखिए पनि शुक्रबार कच्चा तेलको भाउ केही घटेको छ ।

अन्य क्षेत्रमा, जापानी अर्थतन्त्रको अपेक्षाभन्दा राम्रो वृद्धि देखिएपछि टोकियोको प्रमुख शेयर सूचकांकले नयाँ कीर्तिमान कायम राखेको छ । त्यसैगरी, कमजोर आर्थिक तथ्याङ्कका कारण चिनियाँ बजारहरूमा मिश्रित प्रदर्शन देखिएको छ ।

अमेरिकी बजार भने बिहीबार स्थिर देखिएको थियो, किनभने थोक मुद्रास्फीति सम्बन्धी तथ्याङ्कले केन्द्रीय बैंकले चाँडै ब्याजदर घटाउने अपेक्षामा केही कमी ल्याएको हो । एएफपी

शेयर गर्नुहोस:

108
Shares