मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ट्रम्प–पुटिन वार्तामा युद्धविरोधी विचार राखेकाहरूको रिहाइ सुनिश्चित गर्न अनुरोध

ट्रम्प–पुटिन वार्तामा युद्धविरोधी विचार राखेकाहरूको रिहाइ सुनिश्चित गर्न अनुरोध


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

वार्सा । निर्वासित रुसी विपक्षी नेतृ युलिया नवलनायाले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुरोध गर्दै युद्धविरोधी अभिव्यक्तिका कारण थुनामा रहेका रुसी तथा युक्रेनी नागरिकहरूको रिहाइका लागि पहल गर्न आग्रह गरेकी छन् ।

गत वर्ष कारावासमा रहँदै ज्यान गुमाएका प्रख्यात नेता अलेक्सी नवलनीकी पत्नी युलिया नवलनायाले आज सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै दुबै नेतालाई मानवीय दृष्टिकोण अपनाउन अनुरोध गरिन् ।

“अब यस्तो कदम चाल्ने बेला आएको छ, जुन ऐतिहासिक र अपरिवर्तनीय होस्,”उनले सम्बोधन गर्दै भनिन् । “कृपया रुसी राजनीतिक कार्यकर्ता तथा पत्रकारहरूलाई रिहा गर्नुहोस् । युक्रेनी सर्वसाधारणहरूलाई पनि स्वतन्त्रता दिनुहोस् । केवल आफ्ना विचार सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा व्यक्त गरेको भरमा थुनामा परेका व्यक्तिहरूको रिहाइ सुनिश्चित गर्नुहोस्,” उनले अपिल गरिन् ।

यसअघि पनि ट्रम्प र पुटिनले विभिन्न समयहरूमा एकअर्काका देशमा थुनामा रहेका व्यक्तिहरूको रिहाइका लागि समझदारी कायम गर्दै आएकी छन् । अमेरिकी पूर्ववर्ती राष्ट्रपति जो बाइडेनले गत वर्ष दुई अमेरिकी पत्रकार र केही रुसी विपक्षी नेताहरूको रिहाइका सन्दर्भमा युरोपमा पक्राउ परेका रुसी जासूसहरूसँग कैदी आदान–प्रदानको सम्झौता गरेका थिए ।

रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि सयौँ नागरिकलाई विरोधका कारण कानुनी कारबाही गर्दै थुनामा राखेको छ । उक्त आक्रमणपछिका दिनहरूमा रुसले कडा सैन्य गोपनीयता तथा सेन्सरशिपसम्बन्धी कानुनहरू लागू गरेको थियो, जसअन्तर्गत सरकारी जानकारी बाहेकका स्रोतबाट प्राप्त समाचार वा सैन्य आलोचना दण्डनीय बनाइएको छ ।

युक्रेनी अधिकारीहरूले हजारौँ युक्रेनी नागरिकहरू अझै पनि रुस तथा त्यसले नियन्त्रणमा लिएका युक्रेनी भूभागहरूमा अवैध रूपमा हिरासतमा राखिएको दाबी गर्दै आएका छन् । एएफपी

शेयर गर्नुहोस:

162
Shares