मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वव्यापी रूपमा एक करोड ५० लाख प्राथमिक उमेरका बालिका विद्यालयबाहिर

विश्वव्यापी रूपमा एक करोड ५० लाख प्राथमिक उमेरका बालिका विद्यालयबाहिर


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

न्युयोर्क । प्रणालीगत लैङ्गिक भेदभावले विश्वव्यापीरूपमा बालिका र युवा महिलाहरूको शिक्षामा समान पहुँचमा बाधा पुर्‍याइरहेकाले विश्वभरका एक करोड ५० लाख प्राथमिक उमेरका बालिकाहरू हाल विद्यालय बाहिर रहेको युएन वुमनको नयाँ प्रतिवेदनले सार्वजनिक गरेको छ ।

प्रतिवेदनअनुसार हालका दशकहरूमा प्राथमिक र माध्यमिक विद्यालय भर्ना दरमा औसतमा लैङ्गिक समानता भए पनि धेरै क्षेत्रमा असमानता उल्लेखनीय रहेको छ , केही क्षेत्रमा ४८ दशमलव एक प्रतिशत बालिका विद्यालय बाहिर छन् ।

केटाहरूको तुलनामा स्थिति विशेष गरी स्पष्ट छ– प्राथमिक विद्यालयबाट बाहिर एक करोड ५० लाख बालिका र एक करोड केटाहरू रहेको प्रतिवेदले खुलासा गरेको छ ।

पहिलेभन्दा धेरै बालिका विद्यालय गइरहेको र प्राथमिक तहपछिका प्रत्येक अतिरिक्त वर्षको शिक्षाले बालिकालाई बाल विवाहबाट बच्न, रोजगारी पाउन र राम्रो स्वास्थ्य र समग्र कल्याण हासिल गर्ने सम्भावनालाई ठूलो मात्रामा सुधार गरेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि, किशोरी बालिकाहरूले शिक्षामा बाधाहरूको सामना गरिरहेका छन्, धेरै बाल गर्भावस्था र घरेलु जिम्मेवारीहरूमा सहयोग गर्ने अपेक्षाका कारण माध्यमिक विद्यालय छोडिरहेका छन् ।

“पहिलेभन्दा धेरै बालिकाहरू विद्यालय गइरहेका छन् । तिनीहरूले पढ्न र लेख्न सिक्ने मात्र नभई प्राथमिक तहपछि विद्यालयमा रहने प्रत्येक वर्षले तिनीहरूको धेरै कम उमेरमा विवाह हुने सम्भावनालाई कम गर्छ ।

यसले तिनीहरूको रोजगारी, स्वास्थ्य र समग्र कल्याणको सम्भावनालाई बढाउँछ । बालिका र महिलाहरूको आफ्नो जीवनका सबै चरणमा गुणस्तरीय शिक्षा र सिकाइको समान अधिकार छ”, प्रतिवेदनमा भनिएको छ । एएनआई

शेयर गर्नुहोस:

54
Shares