मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वव्यापी मानवीय सहायता अभावप्रति संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

विश्वव्यापी मानवीय सहायता अभावप्रति संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले सन् २०२५ का लागि विश्वभर आवश्यक पर्ने करिब ४६ खर्ब रुपियाँ बराबरको मानवीय सहायता मध्ये हालसम्म १७ प्रतिशतभन्दा कम मात्र प्राप्त भएको जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्त्ता फरहान हकले भने, “वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि मानवीय सहयोगको अवस्था अत्यन्तै चिन्ताजनक छ ।” यस वर्ष अहिलेसम्म प्राप्त सहयोग अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले कम रहेको उनले बताए ।

यो कमीले विश्वका लाखौं असहाय र संकटमा परेका व्यक्तिहरूलाई भोकमरी, रोग तथा अन्य गम्भीर समस्याबाट जोगाउन सहयोग पुर्‍याउन चुनौती थपेको छ । यस्ता परिस्थितिलाई सामना गर्नका लागि राष्ट्रसंघले हालै विशेष अभियान सुरु गरेको छ, जसअन्तर्गत सबैभन्दा धेरै जोखिममा रहेका ११ करोडभन्दा बढी मानिसहरूलाई तत्काल आवश्यक सहायता पुर्याउने लक्ष्य राखिएको छ ।

संयुक्त राष्ट्रसंघले सबै दातृ देश, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र र नागरिकलाई यो गम्भीर अवस्थाबारे सचेत हुन र सहयोगका लागि अग्रसर हुन हार्दिक अनुरोध गरेको छ, ताकि मानविय संकटमा परेका जनतालाई प्रभावकारी रूपमा सहायता गर्न सकियोस् । सिन्ह्वा

शेयर गर्नुहोस:

54
Shares