मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

ब्राजिल–अमेरिका व्यापार तनाव : डब्लुएचओमा पुग्ने तयारी

ब्राजिल–अमेरिका व्यापार तनाव : डब्लुएचओमा पुग्ने तयारी


शेयर गर्नुहोस:

702
Shares

  • change font
  • change font
  • change font

ब्रासिलिया । अमेरिकाले केही ब्राजिलियन निर्यात वस्तुहरूमा नयाँ भन्सार शुल्क घोषणा गरेपछि ब्राजिल सरकारले यसबारे गहिरो चासो व्यक्त गरेको छ र विश्व व्यापार संगठन (डब्लुएचओ)मार्फत समाधान खोज्ने प्रक्रिया सुरू गर्ने तयारीमा रहेको जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कफी, मासु र पेट्रोरसायन पदार्थहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय घोषणा गरेका छन्, जुन आगामी बुधबारदेखि लागू हुनेछ। यस निर्णयले करिब ३५ प्रतिशत ब्राजिलको अमेरिकी निर्यात प्रभावित हुने अनुमान गरिएको छ, यद्यपि केही महत्त्वपूर्ण वस्तुहरूजस्तै ऊर्जा सामग्री र निश्चित खनिजहरू भने यसबाट अलग राखिएका छन् ।

यस सन्दर्भमा ब्राजिलको वैदेशिक व्यापार चेम्बरले डब्लुएचओसँग प्रारम्भिक परामर्श प्रक्रिया थालनी गर्न प्रस्ताव पारित गरिसकेको छ । प्रस्ताव राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई पेश गरिएको छ, जसले उजुरी कहिले र कसरी अघि बढाउने भन्ने अन्तिम निर्णय लिनेछन् ।

उप–राष्ट्रपति जेराल्डो आल्कमिनज्ले सरकार उक्त भन्सार शुल्कका सम्भावित असरहरू न्यूनीकरण गर्न प्रयासरत रहेको जानकारी दिए । उनले कृषि क्षेत्रका सरोकारवालासँग छलफल गरी आवश्यक रणनीति तय गर्ने कार्य अघि बढिरहेको बताए ।

अर्थमन्त्री फर्नान्डो हदादज्यूले ब्राजिल सँधै वार्ताको पक्षमा रहेको उल्लेख गर्दै, ‘हामी बराबरीको आधारमा सहकार्य गर्न इच्छुक छौँ । ब्राजिल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो, त्यसअनुसार व्यवहार अपेक्षित छ’, भने ।

उनले उक्त शुल्क वृद्धिलाई अत्यधिक र अव्यावहारिकु भन्दै, सकारात्मक सहकार्यका सम्भावना अझै खुला रहेको संकेत गरे । विशेष गरी दुर्लभ खनिज, प्रविधि र डाटा पूर्वाधारजस्ता क्षेत्रमा आपसी सहकार्यको अवसर पहिचान गर्न सकिने उनको भनाइ थियो ।

सरकारले आगामी दिनमा प्रभावित उद्योगहरूलाई राहत दिने उद्देश्यले विशेष सहयोग प्याकेज सार्वजनिक गर्ने तयारी गरिरहेको पनि जानकारी दिइएको छ । यसमा कर्जा सहायता लगायतका उपायहरू समावेश हुनेछन् । यद्यपि, यसले बजेटमा केही असर पार्न सक्ने भए पनि त्यसलाई विद्यमान वित्तीय अनुशासनभित्र व्यवस्थापन गरिने अर्थ मन्त्रालयले स्पष्ट पारेको छ । सिन्ह्वा

शेयर गर्नुहोस:

702
Shares