मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अमेरिका–ईयु सम्झौता : व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण

अमेरिका–ईयु सम्झौता : व्यापारिक सहकार्यसँगै आर्थिक सन्तुलनको नयाँ चरण


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

स्टकहोम । युरोपियन युनियन (ईयू) र अमेरिकाबीच व्यापार वार्ताको समाधानको नयाँ प्रयास सुरू भएको छ ।

हिजो ईयूका प्रमुख व्यापार प्रतिनिधि मारोस सेफ्कोभिकले अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकसँग हिजो टेलिफोन संवाद गर्ने तय भएसँगै व्यापार वार्ताको नयाँ चरण सुरु भएको समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ भित्र कुनै व्यापार सम्झौता हुन नसकेमा युरोपेली सङ्घका वस्तुहरूमा ३० प्रतिशतसम्म भन्सार शुल्क लगाउने सम्भावना रहेको सङ्केत यसअघि नै गरिसकेका छन् ।

यस्तो अवस्थामा युरोपेली संघले पनि आफ्ना आर्थिक हितलाई सुरक्षित राख्न सक्ने विकल्पहरूको तयारी भइरहेको खबरमा उल्लेख छ ।

युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलले आफूहरुको प्राथमिक उद्देश्य आपसी समझदारीमा आधारित समाधान निकाल्नुरहेको बताएका छन् ।

अहिले सम्म युरोपेली सङ्घले दुईवटा छुट्टाछुट्टै शुल्क प्रस्ताव तयार पारेको छ । पहिलो प्रस्तावमा करिब ७२ अर्ब युरो अर्थात ८४ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी वस्तुहरू समेटिएका छन् ।

दोस्रो प्रस्ताव भने अघिल्लो वर्ष राष्ट्रपति ट्रम्पले स्टिल इस्पात र एल्युमिनियममा लगाएको भन्सार शुल्कको प्रतिक्रिया स्वरूप बनाइएको हो । जसमा करिब २१ अर्ब युरो बराबरका वस्तुहरू समावेश छन् ।

अब यी दुवै प्रस्तावलाई समेटेर एउटै साझा सूची तयार गरिने तयारी गरिएको छ । जुन आवश्यक परे अगस्ट ७ देखि लागू गर्न सकिने खबरमा उल्लेख छ । सिन्ह्वा

शेयर गर्नुहोस:

27
Shares