मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

पटना, भारत । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् ।

बिहारमा बुधवार र बिहीबार आएको भीषण आँधीका क्रममा यस्तो घटना घटेको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका छन् । पटनाका केही भागहरूमा अझै भारी वर्षा र चट्याङको पूर्वानुमान गरिएको छ ।

बिहार राज्यका विपद् व्यवस्थापन मन्त्री विजय कुमार मण्डललाई उदृत गर्दै एएफपीले सम्बन्धित जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन सुचना जारी गर्न निर्देशन दिइएको जनाएको छ ।

पटना सरकारले चट्याङ्बाट ज्यान गुमाउनेहरूका परिवारलाई ४० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । पटना सरकारका अनुसार सन् २०२३ मा २७५ र सन् २०२४ मा कम्तिमा २४३ जनाको चट्याङका कारण मृत्यु भएको थियो ।

बिहारसहित भारतको पूर्वी क्षेत्र वार्षिक बाढीको जोखिममा छ जहाँ मनसुनको समयमा कयौँको ज्यान जानुकासाथै लाखौँ मानिस विस्थापित हुने गरेको जनाइएको छ । एएफपी

शेयर गर्नुहोस:

243
Shares