मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण


शेयर गर्नुहोस:

621
Shares

  • change font
  • change font
  • change font

मस्को । गत महिना शान्ति वार्ताका लागि भएको सहमतिअनुसार रुसले बिहीबार युक्रेनलाई एक हजार सैनिकको मृत शरीर हस्तान्तरण गरेको छ ।

मस्को र किएभबीच इस्तानबुलमा भएको दुई चरणको वार्ताले युद्धविरामको दिशामा कुनै प्रगति हुन सकेको छैन । ठूलो मात्रामा कैदी आदानप्रदान र मारिएका सैनिकहरूको शव फिर्ता गर्ने काम भइरहेको छ ।

“युद्धका क्रममा मारिएका एक हजार सैनिकको शब रुसले युक्रेनलाई हस्तान्तरण गरेको छ,” युक्रेनको सरकारी निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा रुसले युक्रेनी सैनिकसहित केही लडाकू गैरसैनिकलाई फिर्ता गरिएको दाबी ग।ृको छ । यसबारे किएभका तर्फबाट पुष्टि भने भइसकेको छैन । यसअघि रुसले युक्रेनी भेषमा रहेको बेलाय मारिएका रुसी सैनिकको शवलाई रूसले सुपुर्दगी गरेको आरोप लगाएको थियो ।

रुसी वार्ताकार तथा क्रेमलिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले किएभले १९ जना मारिएका रुसी सैनिकको अवशेष फिर्ता पठाएको बताए ।

दुवै पक्षबीच भएका केही सफल कूटनीतिक पहलहरूमध्ये कब्जामा लिएका सैनिकहरूको आदानप्रदान र अवशेषहरूको स्वदेश फिर्ती द्वन्द्वको दौडान नियमित रूपमा हुँदै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबका बावजुद रुसले युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ र दुई पक्ष तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि सहमत हुने सम्भावनाको नजिक पुगेका छैनन् ।

गत महिना भएको वार्तामा रुसले युक्रेनलाई थप भूभाग फिर्ता गर्नुपर्ने र सबै प्रकारका पश्चिमा सैन्य सहयोग अस्वीकार गर्नुपर्नेलगायतका कडा मागहरूको सूची पेश गरेको थियो ।

किएभले रूसी अडानहरूलाई अस्वीकार्य मागको रूपमा व्याख्या गर्दै ती मागलाई खारेज गरेको छ र यदि मस्को लचक बन्न इच्छुक छैन भने थप वार्ताको औचित्यमाथि प्रश्न उठाएको छ । एएफपी

शेयर गर्नुहोस:

621
Shares