मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

नेपाली रेडियोकर्मी अष्ट्रेलियामा पुरस्कृत

नेपाली रेडियोकर्मी अष्ट्रेलियामा पुरस्कृत


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

क्यान्बेरा । अष्ट्रेलियाको राजधानी क्यान्बेराको एफएम ९१.१ मा नेपाली भाषाको रेडियो कार्यक्रम निर्माता तथा सञ्चालक प्रदीप तिमल्सिना अष्ट्रेलियाको भाषाभाषीहरुको प्रसारक छाता संगठन नेसनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया (एनएमबिसी)द्वारा हरेक वर्ष प्रदान गरिने कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५ बाट सम्मानित भएका छन् ।

अष्ट्रेलियाभरबाट यस वर्ष विभिन्न् आठ विधाबाट ५१ जना मनोनयानमा परेका थिए । जसमध्ये तिमल्सिना इनोभेटिभ मल्टिकल्चरल प्रोग्राम, बेष्ट इथ्निक प्रोग्राम अफ द एयर र कम्युनिटी इम्प्याक्ट गरी तीन विधामा मनोनयनमा परेका थिए ।

Advertisement

प्रदीपले उत्पादन गरेका कार्यक्रमहरु अष्ट्रेलियाली सञ्चारविद्हरुले मूल्यांकन गरी ती सामग्रीहरुको गुणस्तरीयता, दर्शक स्रोताहरुको प्रतिक्रियाहरु र उनका सामग्रीहरुले अष्ट्रेलियाली बहुसास्कृतिक समुदायमा पुर्‍याएको सकारात्मक प्रभावका आधारमा मेलबर्नमा आयोजित एक कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गरिएको हो। तिमल्सिनाले यो पुरस्कारले आफूलाई अझै थप जिम्मेवारी थपिएको र समुदायप्रति आफू अझ कर्तव्यनिष्ट हुने बताएका छन् ।

तिमल्सिना सन् २००८ मा अष्ट्रेलिया आएदेखि नै अष्ट्रेलियाको सामुदायिक रेडियोसँग आवद्ध छन् । उनले सिड्नीको च्यास्उडस्थित नर्थ सोर रेडियो मा ६ वर्ष र क्यान्बेरामा विगत ११ वर्षदेखि नेपाली भाषाको रेडियो कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । उनले टेलिभिजन सिड्नीमा नेपाली कार्यक्रम पनि सञ्चालन गरेका थिए ।

प्रदीप रेडियो सञ्चालन र निर्माणबाहेक सामुदायिक गतिविधिमा पनि उत्तिकै सक्रिय रहम्दै आएका छन् । उनी नेसनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया र कम्युनिटी मेडिया ट्रेनिङ अर्गनाइजेसन अष्ट्रेलियाको कार्यकारी निर्देशक अनि अष्ट्रेलियाली सरकारको सञ्चार मन्त्रालय मातहतको कम्युनिटी ब्रोडकास्टिीङ फाउन्डेसनको आर्थिक अनुदान मूल्यांकनकर्ता पनि हुन् ।

उनको सबै सामुदायिक सक्रियता निस्वार्थ र स्वयंसेवा हो । पेसाले उनी रजिष्टर्ड पुरुष नर्स हुन् । हाल क्यान्बेरा अस्पतालको मानसिक स्वास्थ्य विभागमा क्लिनिकल म्यानेजरका रुपमा कार्यरत छन् ।

शेयर गर्नुहोस:

189
Shares