मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
बिश्व घटना   
मुख्य समाचार   

भ्याटिकनमा नयाँ पोप निर्वाचित

भ्याटिकनमा नयाँ पोप निर्वाचित

पहिलो अमेरिकी पोप


शेयर गर्नुहोस:

1k
Shares

  • change font
  • change font
  • change font

अमेरिकी शहर सिकागोका ६९ वर्षीय कार्डिनल रोबर्ट प्रिभोस्ट नयाँ पोप चयन भएकाछन्।  कार्डिनल रोबर्ट इतिहास कै पहिलो अमेरिकी पोप भएकाछन्। पोप निर्वाचित भएसंगै उनलाई पोप लियो चौधौंको (Leo XIV) रूपमा चिनिनेछ। गत महिना पोप फ्रान्सिसको निधन भएपछि रिक्त पोपमा निर्वाचित भएसंगै सेन्ट पिटर-बासिलिकाको बाल्कोनीबाट पोपको रूपमा आफ्नो पहिलो सम्बोधन गरेका पोप लियो चौधौंले शान्तिको लागि आह्वान गरेकाछन्।

राष्ट्रपति डोनल्ड ट्रम्पेले फेसबुकमा एक सन्देश लेख्दै नयाँ पोपको छनौट भएकोमा खुसी व्यक्त गरेकाछन्। पहिलो अमेरिकन पोपका रुपमा कार्डिनल रोबर्ट निर्वाचित हुनु अमेरिकाका लागि गर्वको विषय भएको राष्ट्रपति ट्रम्पले लेखेकाछन्। आफू नयाँ पोपलाई भेट्न आतुर रहेको राष्ट्रपतिले आफ्नो संक्षिप्त सन्देशमा लेखेकाछन्।

Screenshot

 

शेयर गर्नुहोस:

1k
Shares