नेपालमा सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ ।
सरकारलाई नटेरेको र सरकारको निर्देशन विपरित बयानबाजी गर्दै आइरहेका घिसिङलाई हटाउने संकेत
उर्जा मन्त्री खड्काले केही अघि संसदमा बोलेका बेला दिईसकेका थिए। सरकारले पटक-पटक स्पष्टीकरण सोधेको र त्यसको चित्तबुझ्दो जवाफ नपाएको बताउँदै आएको थियो ।
दोस्रो कार्यकालका लागि २०७८ साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल विवादित भइरहेकै थियो । अघिल्लो सरकारले शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गरेको थियो भने अहिले फेरि घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको छ।












प्रतिक्रिया