मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
मुख्य समाचार   

एनआरएनए उच्चस्तरीय समितिले गठन गर्‍यो निर्वाचन समिति

एनआरएनए उच्चस्तरीय समितिले गठन गर्‍यो निर्वाचन समिति


शेयर गर्नुहोस:

216
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । सम्मानित  सर्वोच्च अदालतको परमादेशअनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ ।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवानिवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहेकाछन् ।

नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे डेमोक्र्याटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्वअध्यक्ष हुन् । बेलायतमा बसोबास गर्ने उनले हाल पोखरामा आफ्नै होटल व्यवसाय सञ्चालन गरिरहेका छन् । यस्तै, अधिवक्ता आशिष उप्रेती युवा कानुन व्यवसायी हुन् ।

लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेशअनुरुप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३ देखि ५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको हो ।

उच्चस्तरीय समितिका अध्यक्ष डा शेष घलेले संस्थाको लोकतान्त्रीकरण तथा सम्पूर्ण सदस्यहरुलाई अधिकारसम्पन्न गर्नेगरी निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सम्पन्न गराउन निर्वाचन समितिलाई सहयोग गर्न सबैसँग आग्रह गरेका छन् ।

उच्चस्तरीय समितिले यही ३१ मार्च २०२५ भित्र Membership Registration – NRNAHLC मा गएर नयाँ सदस्यताको लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ । समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरुले काठमाडौँमा उपस्थित भएर तोकिएको शुल्क तिरी डेलिगेट्स बन्न पाउने व्यवस्था गरिएको जनाएको छ ।

शेयर गर्नुहोस:

216
Shares