मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
स्वास्थ्य / जीवनशैली   

क्यान्सर विशेषज्ञ डा ज्ञवाली आस्कोबाट सम्मानित

क्यान्सर विशेषज्ञ डा ज्ञवाली आस्कोबाट सम्मानित


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । बुटवलमा जन्मिएर २०५९ सालको एसएलसी बोर्ड फस्टसमेत रहेका क्यान्सर विशेषज्ञ डा विशाल ज्ञवालीलाई अमेरिकन सोसाइटी अफ क्लिनिकल अङ्कोलोजी (आस्को)ले ‘फेलो’को रुपमा चयन गरेको छ । डा ज्ञवाली अस्कोबाट यो फेलोसिप पाउने पहिलो नेपाली चिकित्सक बनेका छन् ।

अस्कोका अनुसार क्यान्सर र क्यान्सरका बिरामीको सेवामा योगदान पुर्‍याउनेलाई यो फेलोसिप दिइन्छ । डा ज्ञवालीले क्यान्सरको उपचारको क्षेत्रमा गरेको मेहनत, लगाव र योगदानको मूल्याङ्कन गरी उक्त फेलोसिप प्रदान गरिएको अस्कोले जनाएको छ ।

Advertisement

अस्कोले एक चिठी पठाउँदै ज्ञवालीलाई ‘फेलो अफ अमेरिकन सोसाइटी अफ क्लिनिकल अङ्कोलोजी’(फास्को)चयन भएको जनाएको हो । यो फेलोसिपका लागि कुनै आवेदन दिएर नभई अङ्कोलोजी (क्यान्सर)को क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनेलाई मात्र दिइन्छ ।

डा ज्ञवालीले अङ्कोलोजीको क्षेत्रमा संसारको प्रतिष्ठित संस्थाबाट चुनिन पाउँदा खुसी व्यक्त गरे । उनले भने, “अङ्कोलोजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन आस्कोबाट फेलोका रुपमा चयन हुँदा खुसी छु त्यसमाथि पहिलो नेपाली हो भनेर थाहा पाउँदा झन् खुसी भएको छु ।”

हाल क्यानडाको क्विन्स विश्वविद्यालयमा सहप्राध्यापकका रुपमा कार्यरत डा ज्ञवाली क्यान्सर अनुसन्धान र बिरामीको सेवा पनि गर्दै आएका छन् । उनले हरेक वर्ष नेपाल आएर क्यान्सरको नयाँ उपचार विधिबारे अन्तर्क्रिया गर्ने र क्यान्सरसम्बन्धी जनचेतना फैलाउने काम गर्दै आएका छन् ।

शेयर गर्नुहोस:

135
Shares