मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् ।

इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्रतियोगिताको पुरुष ८० किलोमुनि तौलको फाइनलमा बराल इण्डोनेसियाका खेलाडीसँग पराजित भएका थिए। यसअघि उनले फाइनल यात्रा तय गर्न इण्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई पराजित गरेका काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिए।

प्रतियोगितामा २६ राष्ट्रको सहभागिता रहेको छ। प्रतियोगितामा बरालसँगै नेपालबाट १० खेलाडी सहभागी छन्। उनीसँगै ६ खेलाडी क्योरोगी तथा बाँकी चार खेलाडी पुम्सेमा सहभागी छन्। ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बने।

त्यस्तै पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी रहेका छन्।

शेयर गर्नुहोस:

189
Shares