मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
नेपाल   
राजनीति-समाज   

नेपाल र अमेरिकामा दसैँको टीकाको साइत एकैदिन !

नेपाल र अमेरिकामा दसैँको टीकाको साइत एकैदिन !

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । पछिल्ला केही वर्षदेखि तिथिको घटबढका कारण अमेरिका र नेपालमा दसैँको टीका फरक दिन पर्ने गरेकोमा यसपटक भने एकैदिन परेको छ ।

यस वर्षको दसैँको टीका अमेरिकामा आउँदो अक्टोबर १२ तारिख शनिबार परेको छ । नेपालमा पनि सोही दिन अर्थात नेपाली पात्रोअनुसार असोज २६ गते (अक्टोबर १२ तारिख)मै परेको छ । नेपाल र अमेरिकाको टीकाको साइत भने फरक समयमा परेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा छ । अमेरिकाको न्युयोर्कमा १०ः०१, टेक्ससमा १०ः०५, केन्टकीमा १०ः३१, वासिङ्टन डिसीमा ९ः५५, क्यालिफोर्नियामा ९ः३९ मा साइत रहेको छ । नेपालभन्दा पूर्व परेर पनि यस पटक न्यूजील्याण्ड, अष्ट्रेलिया, जापान, हङकङमा भने अक्टोबर १३ तारिखमा मात्र विजया दशमीको टीकाको दिन परेको छ ।

सूर्योदय हुँदा दशमी तिथि ती देशहरुमा नहुने भएकोले भोलिपल्ट मात्र टीकाको साइत पर्न गएको हो ।