खेलकुद

पदक विजेता पलेशाको काठमाडौँमा भव्य स्वागत

पदक विजेता पलेशाको काठमाडौँमा भव्य स्वागत


शेयर गर्नुहोस:

810
Shares

  • change font
  • change font

काठमाडौँ । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषद्का विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।

Advertisement

विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराइएको छ । नेपाली खेलकुद इतिहासमा पहिलोपटक ओलम्पिकमा पदक जितेकी पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याएर स्वागत गरिएको थियो ।