टेक्सस

परस्त्रीगमनमा संलग्न सात भारतीय टेक्ससको डेन्टनमा पक्राउ

परस्त्रीगमनमा संलग्न सात भारतीय टेक्ससको डेन्टनमा पक्राउ

एकजना नेपाली पनि परेको अनुमान

फोटो स्रोत: डेन्टन काउन्टी प्रेस विज्ञप्ति

शेयर गर्नुहोस:

8.9k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । अवैध रुपमा परस्त्रीगमन् र वेश्यावृत्ति गरेको अभियोगमा टेक्ससको ड्यालसमा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सात जना भारतीय छन् । भारतीयहरुको सूचिमा एकजना नेपाली पनि परेको आशंका गरिएको छ ।

ड्यालस एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार महिलासँग यौन सम्पर्क स्थापित गर्न मोलमोलाई भैरहको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । वेश्यावृत्ति माथि कडाई गर्ने क्रममा उत्तरी टेक्ससको डेन्टन प्रहरीले उनीलाई पक्राउ गरेको समेत जनाइएको छ ।

Advertisement
फोटो स्रोत: डेन्टन काउन्टी प्रेस विज्ञप्ति

डेन्टन काउन्टी सेरिफले अगष्ट १४ र १५ दुई दिनसम्म जारी राखेको स्टिंग अपरेसनमा उनीहरु पक्राउ परेका हुन् । प्रोस्टिच्युसन डिमाण्ड सप्रेसन अपरेसन नाम दिइएको अभियान अन्तरगत उनीहरु पक्राउमा परेका हुन् ।

काउन्टीमा वेश्यावृत्ति र यौन बजार बढेको महसुस गरेपछि प्रहरीले यस्तो अपरेसन सुरु गरेको हो ।

फोटो स्रोत: डेन्टन काउन्टी प्रेस विज्ञप्ति

पक्राउ पर्ने भारतीयहरुमा निखिल बन्दी, निखिल कुमारी, गल्ला मोनिस, कार्तिख रायपति, नबिन श्रेष्ठ, अमित कुमार र जयकिरण रेड्डी छन् । भारतीयको सूचिमा परेपनि नबिन श्रेष्ठ भने नेपाली रहेको अनुमान गरिएको छ । उनी डेन्टनबासी भएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस:

8.9k
Shares