मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

परस्त्रीगमनमा संलग्न सात भारतीय टेक्ससको डेन्टनमा पक्राउ

परस्त्रीगमनमा संलग्न सात भारतीय टेक्ससको डेन्टनमा पक्राउ

एकजना नेपाली पनि परेको अनुमान

फोटो स्रोत: डेन्टन काउन्टी प्रेस विज्ञप्ति

शेयर गर्नुहोस:

8.9k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । अवैध रुपमा परस्त्रीगमन् र वेश्यावृत्ति गरेको अभियोगमा टेक्ससको ड्यालसमा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सात जना भारतीय छन् । भारतीयहरुको सूचिमा एकजना नेपाली पनि परेको आशंका गरिएको छ ।

ड्यालस एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार महिलासँग यौन सम्पर्क स्थापित गर्न मोलमोलाई भैरहको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । वेश्यावृत्ति माथि कडाई गर्ने क्रममा उत्तरी टेक्ससको डेन्टन प्रहरीले उनीलाई पक्राउ गरेको समेत जनाइएको छ ।

फोटो स्रोत: डेन्टन काउन्टी प्रेस विज्ञप्ति

डेन्टन काउन्टी सेरिफले अगष्ट १४ र १५ दुई दिनसम्म जारी राखेको स्टिंग अपरेसनमा उनीहरु पक्राउ परेका हुन् । प्रोस्टिच्युसन डिमाण्ड सप्रेसन अपरेसन नाम दिइएको अभियान अन्तरगत उनीहरु पक्राउमा परेका हुन् ।

काउन्टीमा वेश्यावृत्ति र यौन बजार बढेको महसुस गरेपछि प्रहरीले यस्तो अपरेसन सुरु गरेको हो ।

फोटो स्रोत: डेन्टन काउन्टी प्रेस विज्ञप्ति

पक्राउ पर्ने भारतीयहरुमा निखिल बन्दी, निखिल कुमारी, गल्ला मोनिस, कार्तिख रायपति, नबिन श्रेष्ठ, अमित कुमार र जयकिरण रेड्डी छन् । भारतीयको सूचिमा परेपनि नबिन श्रेष्ठ भने नेपाली रहेको अनुमान गरिएको छ । उनी डेन्टनबासी भएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस:

8.9k
Shares