मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोलकातामा प्रशिक्षार्थी डाक्टरको सामूहिक बलात्कारपछि हत्या

कोलकातामा प्रशिक्षार्थी डाक्टरको सामूहिक बलात्कारपछि हत्या


शेयर गर्नुहोस:

648
Shares

  • change font
  • change font
  • change font

कोलकाता । कोलकाताको प्रशिक्षार्थी (ट्रेनी) डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । अखिल भारतीय सरकारी चिकित्सक संघका अतिरिक्त सचिव डा‍‍. सुवर्णा गोस्वामीले पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै यो बलात्कार नभएर सामूहिक बलात्कार हुन सक्ने बताएकी छिन् ।

प्रशिक्षार्थी चिकित्सकको प्राइभेट पार्टबाट १५१ एमजी वीर्य भेटिएको बताउँदै उनले यो दाबी गरेकी हुन् । ‘कुनै पनि व्यक्तिसँग यति धेरै मात्रामा वीर्य हुन सक्दैन, बलात्कारको घटनामा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने सम्भावना छ ।’

Advertisement

प्रशिक्षार्थी डाक्टरको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । गत अगस्ट ९ मा आरजी कार मेडिकल कलेज तथा अस्पतालको सेमिनार हलमा प्रशिक्षार्थी चिकित्सकको अर्धनग्न शव फेला परेको थियो ।

डाक्टरको गोप्य भाग, आँखा र मुखबाट रगत बगिरहेको थियो । पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । जसका कारण भारतभर चिकित्सकहरुले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।

उता, मेडिकल कलेजका आवासीय चिकित्सकहरुले अस्पताल प्रशासनले प्रमाणमा छेडछाड गरेको आरोप लगाएका छन् । उनीहरुले भिडियो शेयर गर्दै भनेका छन कि, ‘सेमिनार हलबाट २० मिटर टाढा रहेको चेस्ट विभागको कार्यालयमा तोडफोड भइरहेको छ । प्रहरीको अगाडि नै मर्मतसम्भारको नाममा प्रमाणहरु तोडफोड भइरहेको छ ।’

शेयर गर्नुहोस:

648
Shares