मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

शेख हसिनाको अमेरिकी भिसा रद्द, बेलायतद्वारा शरण दिन आनाकानी

शेख हसिनाको अमेरिकी भिसा रद्द, बेलायतद्वारा शरण दिन आनाकानी


शेयर गर्नुहोस:

5.4k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । शेख हसिनालाई अमेरिका र बेलायतले शरण दिन अस्वीकार गरेका छन् । मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरिदिएको छ । उनको सम्भावित अमेरिका भ्रमणलाई रोक्न भिसा रद्द गरेको मिडिया रिपोर्टमा दाबी गरिएको छ ।

त्यस्तै, हसिना बेलायत जाने मिडिया रिपोर्ट सार्वजनिक भएपछि बेलायतले उनलाई अहिलेसम्म शरण दिन स्वीकृति नदिएको रिपोर्टमा उल्लेख गरिएको छ । ढाका ट्रिबुनले ढाकास्थित अमेरिकी दूतावासले हसिनाको भिसाबारे प्रक्रिया दिन अस्वीकार गरेको उल्लेख गरेको छ । दूतावासले कुनै पनि व्यक्तिको भिसाबारेको सूचना निजी विषय भएकोले यस बारेमा जानकारी दिन नमिल्ने बताएको छ । तर, विभिन्न मिडियाले आफ्ना स्रोतहरुलाई उल्लेख गर्दै अमेरिकाले हसिनाको भिसा रद्द गरेको उल्लेख गरेका छन् ।

Advertisement

बेलायतले शरण लिन बेलायत बाहिरबाट बेलायत प्रवेश गर्न नपाउने स्पष्ट गरेको छ । तर, मिडिया रिपोर्टमा सेख हसिनाले बेलायतसँग शरण मागेको र कानुनी प्रक्रिया भइरहेको दाबी गरिएको छ ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएपछि हेलिकप्टरमा भारत आएकी हसिना अहिले भारतको सुरक्षामा अज्ञात स्थलमा रहेकी छन् । उनलाई भारतले कडा सुरक्षा दिएर राखेको बताइएको छ । उनी अब कहिलेसम्म भारतमा बस्छिन् भन्ने स्पष्ट छैन ।

यसैबीच, बंगलादेशबाट हसिनालाई भारतले फिर्ता गर्नुपर्ने आवाज उठ्न थालेको छ । बंगलादेशको बार एसोसियसनले भारतले तुरुन्त हसिनालाई फिर्ता गर्नुपर्ने माग राखेको छ । एजेन्सी

शेयर गर्नुहोस:

5.4k
Shares