मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बंगलादेशकी विपक्षी नेता खालिदा जिया रिहा

बंगलादेशकी विपक्षी नेता खालिदा जिया रिहा


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

ढाका । बंगलादेशकी विपक्षी दल बिएनपीकी नेतृ एवं पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई औपचारिकरूपमा रिहा गरिएको छ ।

बंगलादेशको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खालिदा जियालाई हिरासतबाट रिहा गरिएको जानकारी दिएको ढाका ट्रिबुनले उल्लेख गरेको छ ।

Advertisement

साथै, राष्ट्रपति कार्यालयले जुलाई १ देखि अगस्त ५ सम्म आन्दोलनमा सहभागी भएर हिरासतमा लिएका सबै विद्यार्थीहरुलाई समेत रिहा गरेको जनाएको छ ।

खालिदा जिया अनियमितताको आरोपमा सन् २०१८ मा १७ वर्षको जेल सजाय काटिरहेकी थिइन् । त्यसपछि सन् २०२० देखि भने कोरोना महामारीलाई ध्यानमा राख्दै उनलाई उनकै घरमा नजरबन्दमा राखिएको थियो । एजेन्सी

शेयर गर्नुहोस:

297
Shares