मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतको केरलामा बाढीपहिरोबाट १७८ जनाको मृत्यु, ९८ जना बेपत्ता

भारतको केरलामा बाढीपहिरोबाट १७८ जनाको मृत्यु, ९८ जना बेपत्ता

केरला राज्यमा दुई दिनको शोकको घोषणा


शेयर गर्नुहोस:

567
Shares

  • change font
  • change font
  • change font

केरला । भारतको केरलाको वायनाडमा आएको बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ । केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १७८ जनाको मृत्यु भएको जसमा २६ बालबालिकासहित ८१ पुरुष र ७१ महिला रहेका छन् ।

त्यस्तै घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ । प्राकृतिक विपदबाट ठूलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ ।

Advertisement

अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । हाल ८८ राहत शिविर बनाएर करिब नौ हजारलाई ती शिविरमा राखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सी

शेयर गर्नुहोस:

567
Shares