बिश्व घटना

भारतको केरलामा बाढीपहिरोबाट १७८ जनाको मृत्यु, ९८ जना बेपत्ता

भारतको केरलामा बाढीपहिरोबाट १७८ जनाको मृत्यु, ९८ जना बेपत्ता

केरला राज्यमा दुई दिनको शोकको घोषणा


शेयर गर्नुहोस:

567
Shares

  • change font
  • change font

केरला । भारतको केरलाको वायनाडमा आएको बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ । केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १७८ जनाको मृत्यु भएको जसमा २६ बालबालिकासहित ८१ पुरुष र ७१ महिला रहेका छन् ।

त्यस्तै घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ । प्राकृतिक विपदबाट ठूलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ ।

Advertisement

अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । हाल ८८ राहत शिविर बनाएर करिब नौ हजारलाई ती शिविरमा राखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ । एजेन्सी