ढाका । । बङ्गलादेशमा चर्किरहेको आरक्षणविरोधी आन्दोलनका बीच बङ्लादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्स नामक समूहद्वारा ह्याक गरिएको छ ।
तीनवटै वेबसाइटहरूमा “अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको छ ।
सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नुपरेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध भएको जनाइएको छ ।
समूहले तत्काल ह्याकर, ओएसआइएनटी अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वानसमेत गरेका छन् । “न्यायका लागि लडाइँ सुरु भइसकेको छ, तयार रहनुहोस् ू, ह्याकरहरुले चेतावनी दिएका छन् ।
उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँच जना पुरुष र दुईवटा कुकुरसहितको तस्बिर वेबसाइटमा प्रस्तुत गरिएको छ ।
बङ्गलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरुको सन्तानका लागि प्रदान गरिएको ३० प्रतिशत आरक्षण कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा रहेका थिए । रासस/एनएनआई
प्रतिक्रिया