मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मानव बेचबिखनबाट बालबालिकालाई जोगाउने प्रयासमा जोड दिन राष्ट्रसङ्घका प्रमुखको आह्वान

मानव बेचबिखनबाट बालबालिकालाई जोगाउने प्रयासमा जोड दिन राष्ट्रसङ्घका प्रमुखको आह्वान


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जुलाई ३० मा मनाइने अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा सन्देश जारी गर्दै बालबालिकालाई मानव बेचबिखनबाट जोगाउने प्रयासलाई थप सुदृढ गर्न आह्वान गरेका छन् ।

“मानव बेचबिखन एउटा डरलाग्दो अपराध हो । यस वर्षको अन्तर्रष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसमा हामीमध्ये सबैभन्दा कमजोर–बालबालिकाको सुरक्षामा विशेष ध्यान केन्द्रित गरौँ, गुटेरेसले भने ।

Advertisement

मानव बेचबिखनका पीडितरुमध्ये एक तिहाइ बालबालिकाहरू रहेका छन् । उनीहरुले श्रम शोषण, दुलहीको रूपमा बेचिने, सिपाहीको रूपमा भर्ती हुने वा आपराधिक गतिविधिमा संलग्न हुन बाध्य पारिने जस्ता अकथनीय दुर्व्यवहार भोग्दै आएका छन्“,उनले भने ।

बढ्दो असमानता र भूमण्डलीकरणले जटिल तस्करीको सञ्जाललाई बढावा दिएको छ जसले परम्परागत कानुनी ढाँचालाई चुनौती दिन्छ र दासत्वका नयाँ रूप सिर्जना गर्दछ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुखले औँल्याए, “अनलाइन सञ्जालका कारण पनि बालबालिकाहरु यौन शोषण र लैङ्गिक हिंसाको सिकार भइरहेका र यसले तस्करी गर्ने दलालहरुलाई सीमापारबाट पीडितहरूको शोषण गर्ने माध्यम दिएको छ ।ू

यस्ता अपराधका शारीरिक र मनोवैज्ञानिक चोटहरु लामो समयसम्म रहिरहँदा उनीहरूको निर्दोषता, भविष्य र मौलिक हक लुटिएको उल्लेख गर्दै गुटेरेसले भने, हामीले बाल–संवेदनशील न्याय संयन्त्र निर्माण गर्ने, चेतना जगाउने,पीडित व्यक्तिहरूको हेरचाह गर्ने र कमजोर परिवारहरूलाई सहयोग गरेर शोषणका मूल कारणलाई निर्मुल गर्ने सुरक्षा प्रतिक्रियालाई बलियो बनाउनुपर्छ।

संयुक्त राष्ट्रसङ्घका प्रमुखले कुनै पनि बच्चा पीडित नहोस् र कुनै पनि तस्करी कानुनको दायराबाट उम्किन नपाओस भन्दै सरकार, नागरिक समाज र प्राविधिक कम्पनीहरूसहित निजी क्षेत्रलाई आफ्ना प्रयास र सहकार्यलाई तीव्र बनाउन आह्वान गरे । “आजको दिनमा हरेक बालबालिकाको सुरक्षित र स्वतन्त्र भविष्यका लागि हाम्रो प्रतिबद्धता व्यक्त गरौंू, उनले भने । सिुन्ह्वा

शेयर गर्नुहोस:

54
Shares