मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

बिआरआई सम्झौतामा अनुदान मात्र लिने गरी छलफल भइरहेको छ : प्रधानमन्त्री

बिआरआई सम्झौतामा अनुदान मात्र लिने गरी छलफल भइरहेको छ : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको बिआरआई सम्झौताअनुसार अनुदान नै लिने गरी छलफल भैरहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले बिआरआईमा सकेसम्म अनुदान लिने गरी छलफल भएको जानकारी दिएका हुन् ।

चिनियाँ प्रतिनिधिमण्डल नेपालमा रहेको बेलामा बिआरआईमा हस्ताक्षर हुने सम्भावना पनि रहेको औँल्याएका दाहालले बिआरआई लिँदा अनुदानमा लिने र ऋणमा लिनुपर्ने विश्व बैंक र एडिबीकै व्याजदर बढीमा १।५ प्रतिशतभन्दा बढीमा नलिने बताएका हुन् ।

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक काठमाडौँमा जारी छ । उक्त बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको छ ।