मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
राजनीति-समाज   

टेरामक्स र मुद्रण प्रेस खरिद प्रकरणमा मुख्य सचिव अर्याल स्वतः निलम्बित

टेरामक्स र मुद्रण प्रेस खरिद प्रकरणमा मुख्य सचिव अर्याल स्वतः निलम्बित


शेयर गर्नुहोस:

1.2k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । मुख्य सचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । टेरामक्स र सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बन भएका हुन् ।

अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए ऊ स्वतः निलम्बन हुने व्यवस्था छ ।

Advertisement

दफा १७ मा उल्लेख छ, ‘सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई आयोगले दफा १६ वा दफा १९ को उपदफा (४) बमोजिम थुनामा राखेकोमा त्यसरी थुनामा राखेको अवधिभर र दफा १८ बमोजिम मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर त्यस्तो व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन भएको मानिनेछ । त्यसरी निलम्बनमा रहेको व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन ।’

यसअघि आफूविरुद्ध मुद्दा दायर हुने भएपछि मुख्य सचिव अर्यालले राजीनामासहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटे पनि राजीनामा भने दिएका थिएनन् । अर्याल सञ्चार सचिव हुँदा भएका यी प्रकरणमा अख्तियारले अनुसन्धानपछि डेढ अर्बभन्दा बढीको भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

शेयर गर्नुहोस:

1.2k
Shares