मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

बजेटमा कार्यान्वयनमै प्रमुख चुनौती छ : डा. स्वर्णिम वाग्ले

बजेटमा कार्यान्वयनमै प्रमुख चुनौती छ : डा. स्वर्णिम वाग्ले

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा स्वर्णिम वाग्लेले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै डा वाग्लेले बजेटका लक्ष्य र उद्देश्य स्पष्ट भए पनि कार्यान्यवन चुनौतीपूर्ण रहेको बताएका हुन् ।

मन्त्रालयगत छलफलमा भाग लिँदै डा वाग्लेले उर्जा क्षेत्रमा कार्यक्रम राम्रो भए पनि बजेट कम भएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले जलाशय आयोजनामा ध्यानकेन्द्रित गर्नुपर्नेमा खहरे खोलामा उर्जा परियोजना केन्द्रित गर्दा विद्युत उत्पादनको सन्तुलन नमिलेको बताए ।

उनले संघीय मामिला मन्त्रालयमा पोषण र खानेपानी र भवन निर्माणको कार्यक्रम समावेश गरिएकोप्रति आफू रनभुल्लमा पारेको बताए ।

डा वाग्लेले अर्थमन्त्रालयअन्तर्गत नयाँ चरणको आर्थिक सुधारमा विशेष ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।