धनुषा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा करिब एक अर्ब कम बजेट ल्याएको हो । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको थियो ।
शनिबार प्रदेशका अर्थमन्त्री भरत साहले प्रदेश सभामा आगामी वर्षका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ को बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालू खर्चतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ राखिएको छ ।
बजेटमा गरिबी निवारण, रोजगारी सिर्जना, चुरे संरक्षण, कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको अर्थमन्त्री साहले जानकारी दिए ।
प्रतिक्रिया