मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

अभिनेत्री रविना टन्डन विवादमा, नशामा एक वृद्धालाई कुटपिटको आरोप

अभिनेत्री रविना टन्डन विवादमा, नशामा एक वृद्धालाई कुटपिटको आरोप


शेयर गर्नुहोस:

648
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अभिनेत्री रविना टन्डन नयाँ विवादमा परेकी छन् । रविनाले गए राति रक्सीको नशामा एक वृद्धालाई कुटपिट गरेको आरोप लागेको छ ।

मुम्बईको बान्द्रास्थित रिजवी ल कलेजनजिकै रविनाको कारले एक महिलालाई सामान्य ठक्कर दिएपछि सुरू भएको विवाद बढेको थियो ।

Advertisement

सो घटनामा रविनाका चालकसँग महिलाका परिवारका सदस्यहरूसँग झगडा गर्न थालेपछि रविना पनि कारबाट ओर्लेर उनीहरुसँग झगडा गर्न थालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भिडियोमा रविनाले भीडलाई भिडियो खिच्न नदिन आग्रह गरिरहेको देखिएकी छिन् ।

सार्वजनिक भएको यो भिडियोमा रविनालाई पीडित परिवार र स्थानीय भीडले घेरेको छ । मानिसहरूले प्रहरीलाई बोलाउने कुरा गरिरहेका छन् ।

अर्कोतर्फ पीडितले प्रहरी चौकीमा उजुरी दर्ता गराउन खोजे पनि प्रहरीले कारबाही गर्न कडाइ नगरेको कुटाइ खाएकी महिलाको परिवारले बताएको छ । घाइते महिलाको उमेर ७० वर्ष रहेको बताइएको छ । उनीहरुले रविना नशामा रहेको दाबी गरेका छन् ।

सो घटनापछि रविनाका श्रीमान् अनिल थडानी मामिला सुल्झाउन प्रहरी चौकी पुगेका थिए । पीडितका परिवारका सदस्य तुरुन्तै खार प्रहरी चौकी पुगेका थिए । उनले पीडित परिवारसँग समस्या समाधान गर्ने प्रयास गरे पनि पीडित परिवार मुद्दा दर्ता नगरी मान्न तयार नदेखिएको रिपोर्टमा बताइएको छ ।

पीडितक परिवारले चार घन्टासम्म खार प्रहरी चौकीमा पर्खिए पनि उजुरी दर्ता नभएको दाबी गरेका छन् । यद्यपि प्रहरीले यस विषयमा अनुसन्धान थालेको र थप कारबाही अघि बढाएको बताएको छ ।

शेयर गर्नुहोस:

648
Shares