मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त

जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप लागेपछि राज्य गार्डका प्रमुखलाई बर्खास्त गरिएको अल जजिराले जनाएको छ ।

जेलेन्स्कीले बिहीबार राज्य गार्डका पूर्वनेता सेरही रुडलाई बर्खास्त गरे अल जजिराले रिपोर्ट गरेको छ । राज्य सुरक्षा सेवा (एसबियु) ले यस हप्ताको सुरुमा जेलेन्स्की र अन्य अधिकारीहरू विरुद्धको हत्याको षड्यन्त्र पत्ता लगाएको बताएपछि यो निर्णय आएको हो । यद्यपि रिपोर्टका अनुसार उत्तराधिकारीका बारेमा अहिलेसम्म कुनै आधिकारिक तथ्य आएको छैन ।

Advertisement
ADVERTISEMENT

एसबियुका अनुसार स्टेट गार्डका दुई जना कर्नेलले जेलेन्स्कीलाई बन्धक बनाई हत्या गर्ने योजना बनाएका थिए । एसबियु प्रमुख भासिल मालियुक र सैन्य गुप्तचर एजेन्सीका प्रमुख किरिलो बुदानोभलगायतका अधिकारीहरू पनि असफल षड्यन्त्रको लक्ष्य रहेको बताइएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ परेको राज्य सुरक्षा सेवालाई उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको छ ।

युक्रेनको सरकारी सुरक्षा एकाइका दुई कर्नेलमाथि ‘आर्थिक क्षतिपूर्तिको बदलामा युक्रेनविरुद्धका गतिविधि गरेको आरोपमा राजद्रोहको आरोप लगाइएको थियो । तीमध्ये एकलाई आतङ्कवादी कार्यको तयारी गरेको आरोप पनि लगाइएको युक्रेनको अभियोजक जनरलको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एक संदिग्धले रुसको राज्य सुरक्षा सेवा ९एफएसबी० बाट दुई ड्रोन र गोला बारुद प्राप्त गरी अर्को सहयोगीलाई विस्फोटको लागि हस्तान्तरण गर्न चाहन्थे ।

एसबियुले जेलेन्स्की र एसबियुका प्रमुख भासिल मालियुक तथा युक्रेनको डिफेन्स इन्टेलिजेन्सका प्रमुख किरिलो बुडानोभलगायत अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्या गर्ने ‘सक्रियरूपमा विकास भइरहेको योजना’ लाई ‘विफल’ पारेको बताएको छ ।

दुई अङ्गरक्षकले सङ्घीय सुरक्षा सेवामा संवेदनशील जानकारी सार्वजनिक गरेको आरोप लगाउने एसबियुको आरोपमाथि रुसले आधिकारिक प्रतिक्रिया भने दिएको छैन ।

पछिल्लो समयमा रुससँगको युक्रेनी द्वन्द्वमा प्रगति अवरुद्ध भएकाले जेलेन्स्कीको प्रशासनले धेरै कठिनाइको सामना गरेका छन् । साथै अधिकारीहरूले भ्रष्टाचारको आरोपको सामना गरिरहेका छन् ।

यसअघि फेब्रअरीमा जेलेन्स्कीले जनरल भ्यालेरी जालुज्नीलाई पदबाट बर्खास्त गरेपछि अलेक्जेन्डर सिरस्कीलाई नयाँ सेनाप्रमुखका रूपमा नियुक्त गरेका थिए । एएनआई

शेयर गर्नुहोस:

54
Shares