मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

धेरै कर्मचारीले एकैपटक बिदा लिएपछि एयर इन्डियाका ८० बढी उडान रद्द

धेरै कर्मचारीले एकैपटक बिदा लिएपछि एयर इन्डियाका ८० बढी उडान रद्द


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्रेसले मंगलबार रातीदेखि बुधबार बिहानसम्मका ८० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ ।

Advertisement

ठुलो संख्यामा एकैपटक चालक दलका वरिष्ठ सदस्यहरू बिदामा गएपछि उडान रद्ध भएको बताइएको छ ।

एयर इन्डिया एक्सप्रेसका प्रवक्तालाई उद्धृत कम्पनीले कर्मचारीहरूसँगै बिदामा जानुको कारणहरू पत्ता लगाउन र समस्या समाधान गर्ने प्रयास गरिरहेको बताइएको छ ।

आकस्मिक उडान रद्द भएको भन्दै धेरै यात्रुले सामाजिक सञ्जालमा गुनासो पनि गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार उनीहरू टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्समा रोजगारीका नयाँ सर्तहरूको विरोध गरिरहेका छन्।

शेयर गर्नुहोस:

54
Shares