मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउछौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउछौँ : परराष्ट्रमन्त्री श्रेष्ठ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका १४ नाका खुल्ने बताएका छन् । मेरियट होटलमा आयोजित नेपाल र चीनबीच हरित कृषि मित्रताको पुल निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल र चीनबीचको व्यापार विस्तारका लागि १४ नाका सञ्चालनमा ल्याइने बताए।

यसका साथै मन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपालीले चीन जाँनका लागि नि:शुल्क भिषाको व्यवस्था गर्ने सहमति भएकोमा त्यो कार्यान्वयनमा आएको बताए।

Advertisement

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो।

यस्तै, तिब्बत पठार ब्लू एग्रीकल्चर कम्पनीले नेपाल एग्रीकल्चर कम्पनीबाट ओट घाँस र दाना खरिद गर्ने सम्झौता भएको छ। यससँगै अब नेपालबाट ओट घाँस र दाना चीन निर्यात हुने भएको छ।

शेयर गर्नुहोस:

54
Shares