मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   
ग्लोबल   

अमेरिकाले इजरायललाई सैन्य सहयोग स्वीकृत गरेपछि गाजामा थप तनावको सङ्केत : हमास

अमेरिकाले इजरायललाई सैन्य सहयोग स्वीकृत गरेपछि गाजामा थप तनावको सङ्केत : हमास

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा । अमेरिकी प्रतिनिधि सभाले इजरायललाई अर्बौं डलरको नयाँ सैन्य सहायता स्वीकृत गरेपछि प्यालेस्टिनी लडाकु समूह हमासले आइतबार यसको विरोध गरेको छ ।

हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने यो समर्थन इजरायली अतिवादी सरकार (इजरायल)का लागि हाम्रा जनताविरुद्ध क्रूर आक्रमण जारी राख्न अनुमति वा ‘हरियो बत्ती’ हो ।

विज्ञप्तिमा भनिएको छ, “हामी यो कदमलाई गाजा पट्टीमा हाम्रा प्यालेस्टिनी जनताविरुद्ध इजरायली सेनाले चलाएको विनाशकारी युद्धमा आधिकारिक अमेरिकी संलग्नता र साझेदारीको पुष्टिको रूपमा लिन्छौँ ।”

शनिबार अमेरिकी प्रतिनिधि सभाले गाजामा हमासविरुद्धको युद्धमा अमेरिकाको ऐतिहासिक सहयोगी इजरायललाई १३ अर्ब अमेरिकी डलरको सैन्य सहायता स्वीकृत गरेको थियो । वासिङ्टन इजरायलको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘बहुप्रशंसित सहायता विधेयक’ले इजरायलप्रति बलियो समर्थन देखाएको र यसले ‘पश्चिमी सभ्यताको रक्षा गरेको’ बताएका छन् ।

अमेरिकी विधेयकमा गाजा र विश्वका अन्य जोखिममा रहेका जनसङ्ख्याका लागि मानवीय सहायताको नितान्त आवश्यकतालाई सम्बोधन गर्न नौ अर्ब डलरभन्दा बढी रकम विनियोजन गरिने उल्लेख छ । एएफपी