बिश्व घटना

शाहरूख खानले आफ्नो घर बाहिर उभिएर दिए इदको शुभकामना

शाहरूख खानले आफ्नो घर बाहिर उभिएर दिए इदको शुभकामना


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

मुम्बइ । अप्रिल ११ मा विश्वभर इद मनाइयो । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद अल फित्र मनाइन्छ। इद उल फित्रको अवसरमा मिठा परिकार र सेरा बनाउने चलन छ ।

यस दिन मानिसहरूले एकअर्कालाई अँगालो हालेर ईदको शुभकामना दिन्छन्। यस दिन मानिसहरूले एकअर्कालाई सहयोग पनि दिन्छन्।

Advertisement

यस ईदमा शाहरुख खानले पनि आफ्ना फ्यानहरुलाई ईद दिएका थिए । हरेक पटक जस्तै यस पटक पनि बलिउडका बादशाह शाहरुख खानले आफ्ना फ्यानहरुलाई ईदको शुभकामना दिएका छन् ।

आफ्ना मनपर्ने कलाकारको एक झलक पाउन बिहानै देखि फ्यान मन्नतबाहिर उभिएका थिए । करिब ४ बजे शाहरुख आफ्नो कान्छो छोरासँग मन्नतको बालकनीमा पुगे ।

हरेक वर्ष झैं शाहरुख खानका फ्यानहरु उनको मुम्बईस्थित घर मन्नत बाहिर उनको एक झलक पाउन भेला भएका थिए । अभिनेताले सामाजिक सञ्जालमा यसको एक झलक शेयर गरेका छन् । शाहरुख खानले फ्यानसँग भेटेको भिडियो शेयर गर्दै बाहिर आएका सबैलाई ईद मुबारकको शुभकामना दिएका छन् ।