मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

शाहरूख खानले आफ्नो घर बाहिर उभिएर दिए इदको शुभकामना

शाहरूख खानले आफ्नो घर बाहिर उभिएर दिए इदको शुभकामना


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

मुम्बइ । अप्रिल ११ मा विश्वभर इद मनाइयो । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद अल फित्र मनाइन्छ। इद उल फित्रको अवसरमा मिठा परिकार र सेरा बनाउने चलन छ ।

यस दिन मानिसहरूले एकअर्कालाई अँगालो हालेर ईदको शुभकामना दिन्छन्। यस दिन मानिसहरूले एकअर्कालाई सहयोग पनि दिन्छन्।

Advertisement
ADVERTISEMENT

यस ईदमा शाहरुख खानले पनि आफ्ना फ्यानहरुलाई ईद दिएका थिए । हरेक पटक जस्तै यस पटक पनि बलिउडका बादशाह शाहरुख खानले आफ्ना फ्यानहरुलाई ईदको शुभकामना दिएका छन् ।

आफ्ना मनपर्ने कलाकारको एक झलक पाउन बिहानै देखि फ्यान मन्नतबाहिर उभिएका थिए । करिब ४ बजे शाहरुख आफ्नो कान्छो छोरासँग मन्नतको बालकनीमा पुगे ।

हरेक वर्ष झैं शाहरुख खानका फ्यानहरु उनको मुम्बईस्थित घर मन्नत बाहिर उनको एक झलक पाउन भेला भएका थिए । अभिनेताले सामाजिक सञ्जालमा यसको एक झलक शेयर गरेका छन् । शाहरुख खानले फ्यानसँग भेटेको भिडियो शेयर गर्दै बाहिर आएका सबैलाई ईद मुबारकको शुभकामना दिएका छन् ।

शेयर गर्नुहोस:

81
Shares