मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भारतका चर्चित गजल गायक पंकज उदासको निधन

भारतका चर्चित गजल गायक पंकज उदासको निधन


शेयर गर्नुहोस:

2.3k
Shares

  • change font
  • change font
  • change font

मुम्बई। चर्चित गजल गायक पंकज उदासको निधन भएको छ। पद्मश्री पंकज उदास लामो समयदेखि बिरामी रहेका थिए। ७२ वर्षीय उदासको सोमबार बिहान निधन भएको उनकी छोरी नायब उदासले सो जानकारी दिएकी हुन्।

नायबले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छन्, ‘धेरै गहिरो हृदयका साथ, लामो समयदेखि बिरामी भएर २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उदासको दुखद निधन भएको खबर गर्दैछौँ।’

Advertisement

पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। जहाँ उनले सोमबार बिहान ११ बजे अन्तिम सास लिए।

पंकज उदासको निधनको खबर आएपछि सबैले उनलाई सम्झेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। यो खबरले संगीत जगतमा शोकको माहोल छाएको छ।

पंकाज उदास ‘चिठी आयी है‘’ र ‘जिए तो जिये कैसे‘’ जस्ता धेरै प्रसिद्ध गीत र गजलका लागि परिचित छन्। उनले नाम, साजन र मोहरा लगायत धेरै हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाडेका छन् । पंकज उदासको मंगलबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । एजेन्सी

शेयर गर्नुहोस:

2.3k
Shares