मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

गाजामा मृत्यु हुने प्यालेस्टिनीकोको सङ्ख्या २२ हजार ७२२ पुग्यो

गाजामा मृत्यु हुने प्यालेस्टिनीकोको सङ्ख्या २२ हजार ७२२ पुग्यो


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या बढेर २२ हाजर ७२२ पुगेको छ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएअनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा १२२ प्यालेस्टाइनीको ज्यान गएको छ भने २५६ जना घाइते भएका छन्।

Advertisement

गत अक्टोबर ७ गतेको आक्रमण यता मृत्यु हुनेको कुल सङ्ख्या २२ हजार ७२२ पुगेको छ भने घाइतेहरूको सङ्ख्या ५८ हजार १६६ पुगेको छ। यसैबीच इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले शनिबार सेनाले गाजा शहरको एउटा क्षेत्रमा छापा मारेको बताएका छन्।

आद्रेईका अनुसार सेनाले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघ एजेन्सीसँग सम्बन्धित क्लिनिक झोलाभित्र हमासले लुकाएका शंकास्पद सैन्य सामग्री र विस्फोटक पदार्थ भेटिएको बताए। सिन्ह्वा

शेयर गर्नुहोस:

81
Shares