मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

नेपालले क्रिकेटमा पाकिस्तान र भारतलाई जित्यो भने…

नेपालले क्रिकेटमा पाकिस्तान र भारतलाई जित्यो भने…

हिमालय खबर

शेयर गर्नुहोस:

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-हिमालयखबर संवाददाता

अमेरिका । खेल संभावनाको खेल पनि हो । नेपालले क्रिकेटमा पाकिस्तान वा भारतको राष्ट्रिय टिमलाई जित्यो भने के होला ? अबको केही घन्टामा सम्पूर्ण नेपालीको ढुकढुकी बढाउने गरी नेपाललको क्रिकेट टिमको पाकिस्तानसँग भिडन्त हुने छ ।

एशियाको कपको उद्घाटन म्याचमा नेपाल र पाकिस्तानका राष्ट्रिय क्रिकेट टिमबीच अमेरिकी समयअनुसार बुधबार सवेरै पाकिस्तानको मुस्तान क्रिकेट स्टेडियममा खेल सुरु हुने छ । यसको केही दिनपछि नेपालले भारतको टिमको सामाना गर्ने छ । नेपाल एशिया कपमा पहिलो पटक खेल्न लागेको हो ।

एशिया कपमा भारत पाकिस्तान, श्रीलंका, बंगलादेश, अफागानिस्तान र नेपालबीच खेल हुँदैछ । यी टिममध्ये नेपाललाई सबैभन्दा कमजोर आंकलन गरिएको छ । तीन तीन समूहमा बाँडेर खेल खेलाइँदै छ । नेपाल भारत र पाकिस्तानको समूहमा परेको छ ।

भारत र पाकिस्तान छिमेकी देश भए पनि एक आपसमा कट्टर शत्र’ राष्ट्र पनि हुन् । भारतीय नागरिकलाई पाकिस्तान जान र पाकिस्तानीलाई भारत आउन ठूलो सकस हुन्छ । कथं कदाचित पाकिस्तानीलाई भारत जाने वा भारतीयलाई पाकिस्तान जाने भिषा लागि हाल्यो भने पनि कहाँ जाने के गर्ने सबै विवरण दिनु पर्छ ।

यी दुई देशबीच कास्मिरको विषयलाई लिएर पटक-पटक युद्ध पनि भएको छ । जब भारत र पाकिस्तानको टिम खेल मैदानमा हुन्छन् त्यहां पनि युद्ध जस्तै हुन्छ । भारत र पाकिस्तानको खेलले दुवै देशभित्र ठूलो महत्त्वका साथ हेरिन्छ । यो अवस्थामा जित हारको महत्व त हुने नै भयो । दुई देशबीचको खेलका सवै टिकट हाताहात विक्री भएका छन् । ठूलो संख्यामा दर्शक आकर्षित गर्ने हुँदा यो खेलको आर्थिक कारोवार निकै ठूलो हुन्छ । विज्ञानपन, टेलिभिजन प्रसारण अधिकारको शुल्क निकै माथि पुग्छ ।

अहिले मिडियाले भारत र पाकिस्तानको म्याचलाई विशेष महत्त्व दिएका छन् । नेपाल खासै चर्चामा छैन ।

यो अवस्थामा नेपालले बुधबार हुने खेलमा पाकिस्तानलाई जित्यो भने के होला ? खेल हो जित्न पनि सक्छ । पाकिस्तान अहिले एक दिने क्रिकेट खेलको वरियातामा एक नम्बरमा छ । एक नम्बर टिमसँग नेपालको भिडन्त हुने भएकाले महत्त्व राख्ने भइहाल्यो । यदि जितिहाल्यो भने नेपाल एकाएक वरियतामा माथि आउने मात्र होइन नेपाल र नेपाली युवा खेलाडीको चर्चा पनि चुलिने छ । भारत पनि शंसकित हुने छ । अर्को खेल नेपालले भारतसँग खेल्ने छ । नेपालीका लागि त यो झन ढुकढुकी बढाउने हुने छ ।

क्रिकेटमा दबदबा बनाउँदै आएका भारत र पाकिस्तानको टिमसँग खेल्न पाउनु नै नेपालको ठूलो उपलव्धि हो । त्यसैले एशिया कप नेपालले हर्दा पनि जित्ने अवस्थामा छ । जित्यो भने नेपाली युवा खेलाडीले इतिहास बनाउने छन् । नेपाल फर्किर्दा भव्य स्वागत हुने छ । यसलाई एक प्रकारको चमत्कार नै मानिने छ । नेपालले आफ्ना खेलाडी र देशप्रति गर्व गर्ने छ । खुशीको सीमा रहने छैन । पाकिस्तानमा नेपाली खेलाडी अहिले यही मनोविज्ञानमा मैदानमा भिड्दै छन् । प्रशिक्षकहरु र खेल समर्थकहरुले पनि हार्दा केही नगुमाउने जित्दा सबैकुरा पाइने मनोविज्ञानमा नेपाली खेलाडीलाई हौसला दिएका छन् ।

एशिया कपको सुरुआत सन् १९८४ मा भएको थियो । वनडे फरमेन्टका आधारमा यो खेलको सुरुआत भएको थियो । तर, केही वर्षपछि यसलाई टी २० बनाइयो । अहिले फेरि वनडे फरमेन्टमा ५० ओभरको खेल हुदैछ । भारतले सात पटक यो कप जितेको छ । एशिया कपको यो १६ औँ संस्करण हो । यसपछि सबैभन्दा बढी जित्ने रेकर्ड श्रीलंकाको नाममा छ ।

यो खेलको आयोजक पाकिस्तान भए पनि अधिकांश खेल भने श्रीलंकामा हुँदैछ । भारतले पाकिस्तानमा खेल्न इन्कार गरेपछि श्रीलंकामा खेल हुन लागेको हो ।

यो खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराण्डर दिपेन्द्र सिंह ऐरीले कस्तो खेल्छन् भन्ने चासो छ । यी दुवै खेलाडी टी २० का अनुभवी हुन् । नेपाली टिमलाई क्याप्टेन रोहित पोडेलले सम्हालेका छन् । पाकिस्तान टिमका क्याप्टन बाबर आजम छन् । संयोग नेपाल र भारतका क्याप्टेन दुवैको नाम रोहित नै छ । रोहित शर्माले भारतीय टिम सम्हाल्दै छन् ।