मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

देशको मुहार बदल्न प्रतिस्पर्धा होइन, सहकार्य गरौँ : नेता रिजाल

देशको मुहार बदल्न प्रतिस्पर्धा होइन, सहकार्य गरौँ : नेता रिजाल

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले देशको मुहार बदल्न नेताहरुमा प्रतिस्पर्धा होइन, सहकार्य आवश्यक रहेको बताएका छन् । नेतृत्व वर्गमा नातागोता र आफ्नो गुट उपगुट हेर्ने गलत प्रचलन रहेको बताउँदै रिजालले देश बनाउन योग्यता र क्षमताको कदर गर्दै सहकार्य आवश्यक रहेको बताएका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले मंगलबार अतिथि पार्टी प्यालेस, मंगलपुरमा आयोजना गरेको बृहत् बिदाइ तथा सम्मान कार्यक्रममा बोल्दै डा. रिजालले भने, ‘हाम्रो सोच र चिन्तन दीर्घकालीन पनि छैन । योग्यताभन्दा पनि गुट उपगुट हेर्ने प्रचलन रहेको छ । यो अत्यन्तै गलत छ ।’

आफूले उत्पादन गरेका कृषि उत्पादन बाटोमा फालेर विरोध प्रदर्शन गरेको कुरालाई व्यङ्ग्य गर्दै दीर्घकालीन सोच राखेर उत्पादनमा जोड दिनुपर्ने रिजालको तर्क थियो । हामीले चुड्कीको भरमा शासन व्यवस्था र शिक्षा नीति बदल्न नसक्ने भन्दै व्यक्तिको योग्यता र क्षमता हेर्नुपर्नेमा उनले जोड दिए । शिक्षा नीतिविना कृषि क्रान्ति नहुने भन्दै डा. रिजालले भने, ‘आजको आवश्यकता भनेको पार्टीभित्र आस्था निर्माण गर्ने हो, पार्टी बदल्ने होइन।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली शिक्षा नीति खस्किनुमा हाम्रो चिन्तन कमजोर भएको बताए । ‘अहिले उच्च शिक्षा लिन विदेशिनेको होड चलेको छ, तर हाम्रो प्राथमिकता अध्ययनमा भन्दा पनि पिआर लिनेमा छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो परिपाटीले देशको शिक्षा नीति र साक्षरता प्रतिशत बलियो हुन नसक्ने जिकिर गरे । कांग्रेसले लडेर चितवनमा कृषि तथा वनविज्ञान विश्वविद्यालय बनाएको तर त्यसको नेतृत्व गरेर फाइदा लिन नसक्नु दुर्भाग्य रहेको उनको भनाइ थियो । कृषि तथा वनविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई समयसापेक्ष शिक्षित र दीर्घकालीन सोच भएका भिजनरी विज्ञ बनाउनु आजको आवश्यकता रहेकोसमेत औँल्याए ।

त्यस्तै, नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष जीतनारायण श्रेष्ठले नेपाली कांग्रेसले इतिहास खोतल्नु आजको आवश्यकता रहेको बताए । इतिहासको कुरा त्यसले गर्छ जसको इतिहास छ भन्दै श्रेष्ठले गाउँगाउँमा खोलेको स्वास्थ्य संस्था, नेपालले सञ्चार जगतमा मारेको फड्को र शिक्षामा गरेको क्रान्तिको श्रेय नेपाली कांग्रेसलाई जाने भन्दै प्रशस्त कामहरु गरेको तर प्रचार गर्न नसकिएको बताए । चितवनमा नेविसंघको विरासत रामपुर क्याम्पसले मात्रै जोगाएकोमा उनले गर्वसमेत गरे ।

कार्यक्रममा रामपुर क्याम्पसका संस्थापक रजिष्टार तथा महाधिवेसन प्रतिनिधि रामकान्त घिमिरे, चितवन जिल्ला उपसभापति राजीव न्यौपाने, प्रवक्ता अनमोल अधिकारी, सचिव ध्रुव पोखरेल ,भरतपुर महानगर वडा नं १० का अध्यक्ष परमेश्वर खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम रामपुर क्याम्पस इकाइ कमिटीका सभापति सोमसिं ठकुरीको अध्यक्षतामा भएको थियो ।

अध्ययन सकेका विद्यार्थीलाई बिदाइ

कृषि तथा वन विश्वविद्यालयमा अध्ययन सकेका विद्यार्थीलाई नेपाल विद्यार्थी संघले बिदाइ गरेको छ । विश्वविद्यालयअन्तर्गत रामपुरमा कृषि, भेटेरिनरी तथा मत्स्य संकायबाट स्नातक तह उत्तीर्ण भएकाहरुलाई नेविसंघको एकाई समितिले सुखद भविष्यको कामनासहित बिदाइ गरेको छ ।

नेविसंघले उत्तीर्ण भएका विद्यार्थीलाई सम्मानसहित बिदाइ गरेको हो । मंगलपुरमा बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो । विज्ञको रुपमा तयार भएका विद्यार्थीलाई वैज्ञानिकको शुभकामना दिँदै बिदाइ गरेका थिए ।

इकाई सभापति सोमसिं ठकुरीले रामपुरमा शैक्षिक गुणस्तर, संस्कार र सद्भावको भावना साटासाट गरेर बिदाइ गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले विद्यार्थीलाई बिदाइ गरेका थिए । उनले दक्ष जनशक्ति नेपालमै रहनुपर्नेमा जोड दिँदै कांग्रेस त्यसैमा लागेको बताए ।

कार्यक्रममा कांग्रेसका जिल्ला नेताहरुले शुभकामना दिएका थिए । विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा. सूर्यकान्त घिमिरे, नेविसंघका पूर्वकेन्द्रीय सदस्य एवं विश्वविद्यालयका उपप्राध्यापक सरोज रेग्मी, नेविसंघका केन्द्रीय सदस्य डा. मन्दीप पोखरेल, निवर्तमान इकाइ अध्यक्ष मिराज पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।