मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
राजनीति-समाज   

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा : प्रधानमन्त्री

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा : प्रधानमन्त्री


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा गठनले मुलुकमा नयाँ संवाद सुरु भएको बताएका छन् । परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा बनेको पनि उनले बताए ।

समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मोर्चा गठनको अवस्थामा आउँदा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको बताए । ‘मोर्चाभन्दा बाहिर रहेका शक्तिले जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्टाउन खोज्दै छन्,’ उनले भने, ‘प्रतिक्रियावादी जातीय द्वन्द्व भड्काउने, जनताले लडेर ल्याएको व्यवस्थालाई भड्काएर बदनाम, अपमानित गर्ने, लडाउने प्रयत्न गर्दै छन् ।’

Advertisement
ADVERTISEMENT

जनयुद्धको नेतृत्व, जनताको बहुदलीय जनवादको नेतृत्व र मधेसमा आन्दोलनको लहर चलाएका शक्ति समाजवादी मोर्चामा एकीकृत भएर नयाँ क्रान्तिको तयारीमा रहेकोसमेत उनले बताए । प्रधानमन्त्री दाहालले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको संयोजन समाजवादी मोर्चा भएको बताए ।

सरकारले सुशासनका पक्षमा काम गर्दा जनतामा केही हुन्छ कि भन्ने उत्साह बढेको बताउँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागेको र मित्रराष्ट्रसँग पनि गहनरूपले छलफल भइरहेको बताए ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘एमसिसी’मार्फत राखेका अनुचित स्वार्थ पूरा गर्न नसकिने बताए । एमसिसीमा केही त्यस्ता अनुचित स्वार्थका विषय र सर्त भए नेपाली जनतालाई स्पष्ट पार्न उनले प्रधानमन्त्री दाहाललाई आग्रह गरे ।

नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन नसक्ने बताउँदै उनले संसदमा १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई एमसिसीको अंग घोषणा गरेर पास गरिएको स्पष्ट पारे । उनले भने, ‘नेपालको कानुनभन्दा अरुको कानुनमाथि हुनुहुँदैन, सत्ता जोगाउन कसैसँग अनुचित सहमति गरिनुहुँदैन ।’

शेयर गर्नुहोस:

108
Shares