मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

महिला टी–ट्वान्टी आई सिरिजमा नेपालद्वारा कुवेत पराजित

महिला टी–ट्वान्टी आई सिरिजमा नेपालद्वारा कुवेत पराजित

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

मलेसियामा बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो ।

नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो । कुवेतका लागि जिफा जिलानीले १९ बलमा एक चौकासहित सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि इन्दु बर्माले तीन तथा खुसी डङ्गोलले दुई विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान एकरएक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । विन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाइन् । नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कुवेतका लागि मरिन्मा हैदरले चार विकेट र मरयाम ओमरले दुई विकेट लिइन् । उक्त सिरिजमा नेपाल दुई खेलमा चार अङ्क जोड्दै शीर्ष स्थानमा छ । अब नेपालले आफ्नो तेस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।