मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

पूर्वकप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास

पूर्वकप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

सन् २००६ को एकदिवसीय खेलबाट डेब्यु गरेका उनले पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट आपूmले सन्न्यास लिएको घोषणा गरेका हुन् । उनले यससँगै घरेलु प्रतियोगितामा पनि नखेल्ने बताएका छन् ।

पूर्वकप्तान मल्लले राष्ट्रिय टोलीमा आफूले शतप्रतिशत दिन नसकेकाले टिमबाट राजीनामा दिने निर्णय गरेको बताए । उनले क्रिकेट नखेले पनि आगामी दिनमा क्रिकेट क्षेत्रमै रहेर काम गर्न इच्छुक भएको उल्लेख गरे । करिब १८ वर्षसम्म चन्द्रसूर्य अङ्कित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा मल्लले खुसी व्यक्त गर्दै आफ्ना परिवार र समर्थकलाई धन्यवाद दिए ।

मैदानको हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा खुसी व्यक्त गर्दै उनले भने, “प्रकृतिको नियमअनुसार जन्मपछि मृत्यु अवश्यम्भावी छ । क्रिकेटमा पनि कुनै समय मैले कसैलाई ‘रिप्लेस’ गरेको थिएँ होला, यो मेरो समय हो । त्यसैले मैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा बिराम लगाएर एउटा फरक तरिकाले नयाँ सुरुआत गर्ने निर्णय गरेको छु । इमान्दारीका साथ भन्नु पर्दा अहिले मेरो मन मुटु भारी भइरहेको छ । जुन खेलले मलाई यहाँ सबैमाझ चिनाउन सफल भयो, मान प्रतिष्ठा दियो, सोही खेलबाट बिदा लिन पक्कै सजिलो छैन ।”

मल्लले विसं २०७६ कात्तिकदेखि कप्तानीको भूमिका निर्वाह गरेका थिए । उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले २०७८ मङ्सिर २९ मा कप्तानी पदबाट हटाएको थियो । कप्तानबाट हटेको करिब दुई वर्षसम्म उनले राष्ट्रिय टिमबाट खेले । पछिल्लोपटक सन् २०२३ को जुलाईमा जिम्बावेमा भएको आइसिसी एकिदवसीय विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेल उनको खेल जीवनको अन्तिम खेल बन्यो ।

यसैगरी उनी सन् २००५ मा नेपालको यू–१५ टोलीमा छनोट भएका थिए । सोही वर्ष उनी नेपालको यू–१७ र यू–१९ टोलीमा समावेश भए । मल्लले एकै वर्ष नेपालको तीन वटा उमेर समूह (यू–१५, यू–१७ र यू–१९)सहित राष्ट्रिय टिममा परेर कीर्तिमान बनाएका थिए । सिनियर राष्ट्रिय टिममा भने उनले सन् २००६ बाट डेब्यू गरेका हुन् ।

उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन् । रासस

शेयर गर्नुहोस:

108
Shares