मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

हामी एकपटकको नेपाली सधैँका नेपाली : प्रधानमन्त्री

हामी एकपटकको नेपाली सधैँका नेपाली : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

k|wfgdGqL bfxfn–;Daf]wg sf7df8f}F, !& c;f/ . k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú k|wfgdGqL] sfof{no l;+xb/af/df OG6«f–g];gn j]nkm]o/ PG8 ;kf]6{ kmfp08]zg ckm cd]l/sfåf/f cfof]lht d]/f] EjfO; o’lge;{ / d]/f] 8fG; o’lge;{df ljZjsf ljleGg b]zaf6 5flgP/ g]kfn cfPsf g]kfnL k|ltefx?;Fusf] cGt/lqmofdf ;Daf]wg ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् ।

‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’द्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धी प्रतिभासँगको आज भएको भेटघाटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले मुलुकको समृद्धि, सुशासनका क्षेत्रमा केही नयाँ गर्ने सोच रहेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “मैले भनेको थिएँ यसपटक म कुनै नराम्रो काम गर्दिन, नराम्रो काम हुन दिन्नँ । जति गर्छु, देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहास र भावी पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।”

सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवापुस्तालाई अपिलसमेत गरे । प्रधानमन्त्रीले भने, “आज तपाईंहरू प्रतिभाशाली कलाकार भाइबहिनीहरूसँग यसरी भेट्न पाउँदा अत्यन्तै खुसी लागेको छ । आ–आफ्नो कला र प्रतिभा बोकेर आफ्नो मातृ तथा पितृभूमि नेपालसम्म आउनुभएका यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा अभिवादन गर्दछु ।”

विश्वको जुनसुकै कुनामा पुगेका, रहेका भए पनि आफू रहेकै स्थानबाट आफ्नो नेपाली भाषा, पहिचान र संस्कृतिको प्रचलन, संरक्षण र प्रवर्द्धनमा लाग्न प्रधानमन्त्रीले विशेष आग्रह गरे ।

प्रधानमन्त्रीले भने, “विश्वका सबै देशको इतिहास र पहिचान त्यस देशको भाषा, संस्कार, संस्कृतिले नै निर्धारण गरेको हुन्छ । आफ्नो अलग्गै भाषा र संस्कृति भएका देशको विश्वमा अलग्गै र उच्च अस्तित्व रहन्छ । त्यसैले विश्वमा रहेका सबै नागरिकले आफ्नो भाषा र संस्कृतिको माया गरेका हुन्छन् ।”

नेपाली र नेपालको पनि विश्वमा विशिष्ठ पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “नेपालीलाई चिन्ने विविध विशेषतामध्ये हाम्रो अलौकिक, कला, भाषा, संस्कृति र सभ्यता पनि हो । विश्वको एक तिहाइभन्दा बढी जनसङ्ख्याको आस्थाका धरोहर गौतमबुद्धको जन्मस्थल तथा वैदिक सनातन धर्म र संस्कृतिको उद्गमस्थल नेपालका हामी नेपाली त्यसैले पनि विश्वका सबैभन्दा धेरै भाग्यमानी नागरिक हौँ । विश्व मानचित्रमा हाम्रो अलग र उच्च अस्तित्व रहेको छ ।”

प्रधानमन्त्रीले पुनःजोड दिएर भने, “हामी एकपटकको नेपाली सधैँका नेपाली हौँ । तपाईं हामी जहाँ र जुन अवस्थामा रहे पनि हाम्रो भाषा र संस्कृतिलाई उच्च बनाउने काममा लाग्नुपर्छ भन्ने मेरो आह्वान हो । विश्वमा छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीमा मेरो यो आह्वान छ ।”

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी तपाईं कलाकारप्रति नेपाली भाषा र कलाको प्रवर्द्धनमा लागेकामा प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।

विश्वका प्रतिभालाई जम्मा गरेर नेपाली भाषामा गायन तथा नेपाली संस्कृतिको नृत्य प्रतियोगिताको आयोजना गरी कलाकारलाई नेपालसम्म ल्याई यो स्तरको कार्यक्रम सम्पन्न गर्न लागेकामा प्रधानमन्त्रीले आयोजक संस्थालाई धन्यवाद दिए ।

प्रधानमन्त्रीले भने, “मलाई लाग्छ यस प्रतियोगितामा सहभागीमध्ये कतिपय भाइबहिनीले पहिलो पटक आफ्नो मातृ तथा पितृभूमिमा टेक्न पाएका होलान् । त्यसैले विदेशी भूमिमा रहेर पनि नेपालप्रतिको यस्तो महान् कार्य सम्पन्न गरेकामा आयोजक संस्थालाई म आभार व्यक्त गर्दछु ।”

विश्वका ५२ भन्दाबढी देशमा नेपाली भाइबहिनीका बीचमा प्रतियोगिता गराएर उक्त संस्थाले नेपाली भाषा र संस्कृतिकाको विकासको उद्देश्य राखी उक्त गायन तथा नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।

“यहाँहरूले पढ्नु भएकै होला, सुन्नुभएकै होला, मेरो नेतृत्वको वर्तमान सरकार फोहरको डङ्गुर सफा गरेर भ्रष्टाचारमुक्त देश निर्माणको अभियानमा छ । मैले सङ्कल्प गरेको छु, जस्तोसुकै परिस्थिति आओस, देश निर्माणको यो महाअभियानमा सरकार दृढतापूर्वक लाग्नेछ, यसमा यहाँहरूजस्ता युवा साथीहरूको बलियो साथ र सहयोग रहनेसमेत मैले विश्वास लिएको छु”, प्रधानमन्त्रीले भने ।

सो अवसरमा उहाँले राजनीतिक दल र नेताहरू सबै उस्तै हुन भन्ने खालको टिप्पणी यथार्थपरक नभएको बताए । उनले सबै पार्टी र नेताहरू त्यस्तै हुँदैनन् भन्ने तथ्य स्थापित गराउने प्रयासमा आफू लागेको समेत स्पष्ट पारे ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र साना दुःखले प्राप्त गरेको व्यवस्था होइन”, उनले भने, “निरंकुश राजतन्त्रको कालकोठरीबाट देशलाई आजको अवस्थासम्म ल्याउन हजारौँ सहिदले जीवनको बलिदान गर्नुभएको छ भने लाखौँ युवाले जीवनको ऊर्जाशील समय खर्चनुभएको छ ।”

उनले यो हामी सबैको व्यवस्था भएको र सबैको सङ्घर्षबाट प्राप्त भएकाले त्यसको रक्षा गर्ने, त्यसलाई सुदृढ गर्ने जिम्मेवारी पनि तपाईं हाम्रो भएको बताए ।

उनले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि गरेको प्रयासबाट परिवर्तन चाहनेहरू उत्साहित भएको बताए । “जो जनताको समृद्धि र सुशासनका पक्षमा छैनन्, उनीहरू आतङ्कित छन्”, उहाँले भन्नुभयो, “देश निर्माण गर्ने सरकारको सङ्कल्पमा बलियो साथ दिन म यहाँहरुसमक्ष अपिल गर्दछु ।”

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनका उद्देश्यले स्थापना गरेको इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले यी प्रतियोगिताको आयोजना गरेको हो ।

सो संस्थालाई विश्वमा विभिन्न देशमा छरिएर रहेका नेपाली भाषीबीच सांस्कृतिक, भाषिक र एकता कायम गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो । गायन र नृत्यका यी दुई प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिएर यसैगरी संसारमा छरिएर रहेका नेपालीलाई एकीकृत गरी नेपालमा ल्याउने र नेपाली कलाको प्रवर्द्धन गर्ने यस कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीले आग्रह थियो ।

प्रतियोगितामा गायन र नृत्यतर्फ विजयी हुने प्रथमले जनही रु एक करोड, दोस्रो हुनेले जनही रु ३० लाख र तेस्रो हुनेले जनही रु २० लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल राउण्ड हाल नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । रासस