मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   
मुख्य समाचार   

थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

छेन्दु (चीन) । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन् । चीनको सिचुवान प्रान्तको छेन्दुमा आज सिचुवान प्रादेशिक लगानी समूहसँगको भेटमा उहाँले वैदेशिक लगानीलाई प्रोत्साहित गर्न नीतिगत र प्रक्रियागत सुधार गरिएको बताए ।

नेपालमा विभिन्न क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले निर्धक्क भएर लगानी गर्न आग्रह गरे । “नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा लगानी गर्ने प्रशस्त सम्भावना छ । हामीले वैदेशक लागनीका लागि उपयुक्त वातावरण बनाउँदै गइरहेका छौँ, वैदेशक लागनीलाई प्रवर्द्धन तथा लगानीको सुरक्षा गर्न सकियोस् भनेर कानुन, नियममा पर्याप्त सुधार गरेका छौँ”, उनले भने ।

Advertisement
ADVERTISEMENT

वैदेशिक लगानीलाई भित्र्याउन सकारात्मक वातावरण बनाउँदै लगिरहेको उनको भनाइ छ । लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कानुनी सुधार गरिएको जनाउँदै उनले स्वदेशी र विदेशी लगानीकर्तालाई कुनै भेदभाव नहुने व्यवस्था मिलाइएको बताए ।

“हामीले २०१९ मा प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन पारित गरेको छौँ । जसले लगानीको नाफा आफ्नो देशमा लैजानका निम्ति सुनिश्चित गरेको छ । कुनै पनि लगानीकर्तामाथि भेदभाव नगर्ने कुराको सुनिश्चितता गरेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “सबै सेवा एकलबिन्दुबाट लिन सकिने व्यवस्था मिलाइएको छ । सार्वजनिक निजी साझेदारी लगानी ऐन पनि लागू गरिसकेको छौँ । यसले वैदेशिक लगानीका ठूला परियोजनालाई अगाडि बढाउन सहयोग पुग्नेछ ।”

उनले सिचुवान प्रान्तस्तरीय लगानी समूहले नेपालमा गरेको लगानीका लागि धन्यवाद दिनुभयो । सो समूहले नेपालमा मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । “अरु लगानी जसरी भए पनि ल्याउनुस्, लगानी भित्रयाउन हामीले जे गर्नुपर्छ हामी गर्छौँ, ढुक्क भएर विभिन्न क्षेत्रमा लगानीको तयारी गर्नुहोस्, यो मेरो विशेष अनुरोध हो”, उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले कर प्रणाली र श्रम कानुन पनि लगानीमैत्री बनाइएको बताए । उत्पादनमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष आर्थिक क्षेत्रहरु निर्माण गरिएको जानकारी दिँदै उनले भारत र चीनको सीमा क्षेत्रमा सुख्खा बन्दरगाहा बनाइएको उल्लेख गरे ।

कुनै समस्या भए लगानीकर्ताका सुझावका आधारमा समाधान गर्न सरकार तयार रहेको जनाउँदै उहाँले लगानीमैत्री वातावरण बनाउनका निम्ति सरकार क्रियाशील रहेको बताए । “लगानीको प्रक्रियालाई सहज बनाउन आवश्यक सुधारका लागि सरकार प्रतिबद्ध छ”, उनले भने । “विभिन्न क्षेत्रको वैदेशिक लगानीलाई प्रोत्साहित गर्ने र लगानीलाई सुरक्षित गर्ने पक्षमा छौँ ।”

आर्थिक विकास नेपालको प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि प्रत्यक्ष वैदेशक लगानीलाई प्रोत्साहित गर्नुपर्नेमा नेपाल दृढ रहेको बताउनुभयो । लगानीकर्तालाई प्रोत्साहित गर्नका लागि नीतिगत सुधार गरिएको उल्लेख गर्दै उनले लगानीका लागि अन्य सुधार गर्नुपर्ने विषय भए निर्धक्कसँग भन्न आग्रह गरे ।

चीनले नेपालको विकास प्रक्रियामा धेरै नै सहयोग गर्दै आइरहेको जनाउँदै उनले आर्थिक सहकार्यका विविध क्षेत्रबारे दुई मुलुकबीच छलफल भइरहेको बताए । नेपालका लागि चीन ठूलो वैदेशक लगानीको स्रोतका रुपमा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा नेपालमा थप लगानी बढाउन आग्रह गरे । रासस

शेयर गर्नुहोस:

81
Shares