मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुग्यो

भारतको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुग्यो


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

नयाँ दिल्ली । भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७५ पुगेको बताएका हुन् ।

उनले भने, “मृत्यु हुनेको सङ्ख्या २८८ भनी यस पहिले अपुष्ट रूपमा सञ्चारमाध्यमबाट आएको तर आइतबार संशोधित सङ्ख्या २७५ जना भएको पुष्टि भएको छ ।”

जिल्ला प्रशासकद्वारा रेल दुर्घटनामा ज्यान गुमाएका केही व्यक्तिको दुई पटक गणना गरिएको पाइएको छ । अन्तिम गणनाबाट मृत्यु हुनेहरूको सङ्ख्या संशोधन गरी २७५ भएको पुष्टि गरिएको छ ।

ओडिसाका मुख्य सचिव प्रदीप जेनाले २७५ मध्ये ८८ जनाको मात्र पहिचान भएको बताए । अधिकारीका अनुसार पछिल्लो २४ घन्टामा एक हजार १७५ घाइतेमध्ये करिब ८०० जना उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतका सङ्घीय रेलमन्त्री अश्विनी वैष्णवले रेल दुर्घटनाको कारण ‘पोइन्ट मेशिन’ र विद्युतीय ‘इन्टरलकिङ’ प्रणालीमा गरिएको परिवर्तन भएको बताएका छन् ।

वैष्णवले भने, “दुर्घटनाको लागि जिम्मेवार व्यक्तिहरूको पहिचान गरिएको छ र रेलवे लाइनलाई पुनः स्थापित गर्ने प्रयासहरू अहिले जारी छन् ।दुर्घटनास्थलमा आइतबार साँझसम्ममा कम्तीमा दुई वटा रेललाइन सञ्चालनमा आउने अपेक्षा गरिएको छ । तस्बिर : सिन्ह्वा

शेयर गर्नुहोस:

81
Shares